काठमाडौं । मौसम पूर्वानूमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूमा आंशिक रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक-दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राती प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








