• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गोरखापत्र संस्थानमा तस्बिर प्रदर्शनी

  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  गोरखापत्र संस्थानले राष्ट्रिय फोटो पत्रकारिता दिवसका पारेर आयोजना गरेको पुराना तस्बिर प्रदर्शनीले त्यसबेलाका सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ । धर्मपथस्थित संस्थानको मुख्य कार्यालयमा भइरहेको प्रदर्शनीमा विस २०३० देखि २०६० सम्म गोरखापत्रमा प्रकाशित तथा त्यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर समावेश गरिएको छ । यही वैशाख २३ गतेसम्म चल्ने उक्त प्रदर्शनीको यही वैशाख १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले उद्घाटन गर्नुभएको थियो । चार वटा कोठामा गरिएको प्रदर्शनीमा एक सय ६० भन्दाबढी तस्बिर समेटिएको छ ।

    क्यामरा र तस्बिरसँग सम्बन्धित अन्य उपकरण पनि राखिएको प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो । पुराना र महत्वपूर्ण तस्बिरका नेगेटिभ थन्किएर बसेको अवस्थामा ती नेगेटिभको त्यसको महत्व बुझेर संरक्षण र व्यवस्थापन गर्ने सन्दर्भमा प्रमुख हुमागाईले जानकारी दिनुभयो । विस १९५८ वैशाख २४ गतेबाट प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पादासम्बन्धी जानकारी लिने महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ ।

    विस १९८४ वैशाख १३ गते उक्त पत्रिकाले पहिलो पटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ । धुलो टकटक्याएर निकालिएको रिलबाट प्रिन्ट गरिएका धेरै जसो तस्बिर अहिले अवलोकन गर्न आउनेका लागि सूचनाको दरिलो स्रोत भएको छ । संस्थानले प्रदर्शन गरेका पुराना फोटाको रिलले करिव एक सय ५० बाकस भरिएका छन् । प्रर्दशनीका लागि छनोट भएको नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको उहाँले बताउनुभयो ।

    अहिले तस्बिरका माध्यमबाट ३० देखि ६० को दशकसम्म राजनीतिक घटनाक्रम, सामाजिक परिवेशलगायत विविध क्षेत्र बुझन चाहनेलाई प्रदर्शनी उपयुक्त थलो बनेको उहाँको भनाइ छ । संस्थानले यसअघि आफनो स्थापना दिवसका उपलक्ष्यमा पनि यसखाले तस्बिर प्रदर्शनी गरेको थियो । यसअघि भएको प्रदर्शन राष्ट्रिय समाचार समिति(रासस)ले पनि गरेको थियो । तीसदेखि ६० को दसकमा काठमाडौ त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको ट्रलिबस चढ्ने घुँइचोदेखि विस २०३६ मा बिपी कोइरालाले आमसभालाई गर्नुभएको सम्बोधनसम्मका तस्बिर समेटिएको छ ।

    दर्शकलाई बुझन र जान्न सहज होस् भनी भिडियो स्लाइड समेत बनाइएको छ । प्रदर्शनीमा रहेकामध्ये नेकपा(एमाले)का तत्कालीन नेता वामदेव गौतमको विस २०४८ मा सांसद सपथ ग्रहणका अवसरमा खिचिएको सर्वाधिक चासोका साथ हेरिएको छ । संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकार, फोटा पत्रकारहरु विन्दुराजसिह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाई र रमेश केसीलगायतका फोटो पत्रकार मुलुकमै यस क्षेत्रका अब्बल जनशक्ति मानिनुहुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.