भरतपुर । फिमेल रुम नेपाल र ब्रदर्श फ्रम डिफ्रेन्ट मदर्शको संयुक्त आयोजनामा शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसा अन्त्य गर, एकजना बलात्कारीले सजाय पाउँदा हजारौं बाच्छन् भन्ने नारा तथा कविता वाचन गरेर भरतपुरको चौबीसकोठीमा शनिबार शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएको हो । शान्तिपूर्ण विरोध कार्यक्रममा नारा तथा कविता वाचन दिउँसो १२ बजेदेखि २ बजेसम्म भएको आयोजक रचना सुवेदी र बिंसा शर्माले जानकारी दिए । शान्तिपूर्ण विरोध कार्यक्रममा दुई ग्रुपका २५ जना सहभागी थिए ।








