• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति

  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वालिङ (स्याङ्जा) । डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिनुभयो ।

    फागुन महिनाको पहिलो साताबाट सामुदायिक वन र राष्ट्रिय वनमा आगलागी हुँदासल्ला, चिलाउने, कटुस, साल, सिसौँलगायत बोटबिरुवा जलेर नष्ट भएका पराजुलीले बताउनुभयो । वन विनाशको मुख्य कारण मानिएको डढेलोले वर्सेनी यहाँ लाखौँ मूल्य बराबरको क्षति तथा काठ दाउराजस्ता वनजन्य स्रोत जलेर नष्ट हुने गरेका उहाँको भनाइ छ । “बहुमुल्य बोटबिरुवा र काठदाउरा मात्रै होइन डढेलोले ठूलो सङ्ख्यामा चितुवा, मृग, खरायो, दुम्सीजस्ता वन्यजन्तुको मर्नुका साथै बासस्थानको नास हुने गरेको छ । यसले यहाँको वन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको छ”, पराजुलीले भन्नुभयो ।

    वनमा लागेको आगो स्थानीय उपभोक्ता, वन कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलको सहायतामा नियन्त्रणमा लिने गरिएको छ । वनभोज जाने समूहले वनमा खाने कुरा पकाएपछि राम्रोसँग आगो ननिभाई छाड्ने, पाइपमर्मत गर्दा आगोको प्रयोग गर्ने तर ननिभाई छाड्ने, चुरोट तथा बिंडीका ठुटा जथाभावी फाल्ने, वनसँग जोडिएका खेतबारीमा सुकेका पात पतिङ्गर जलाउनेजस्ता कारणले आगलागी घटना बढ्दै भएका छन् । पराजुली भन्नुहुन्छ, “उपभोक्ताले झाडी सफाइ, कटनीछटनीजस्ता वन व्यवस्थापनका कार्य, वनभित्रका वनपथ तथा अग्निरेखा सुक्खायाम अगावै राम्ररी सफा गर्नसके आगलागी नहुन सघाउ पुग्थ्यो तर त्यस्ता काम हुनसकेका छैनन् । त्यसैले अब भने प्राकृतिक सम्पदाको विनाशलाई रोक्न र कम गर्न सबै सचेत र जागरुक हुन आवश्यक छ ।”

    वनमा आगो लगाउन वा आगलागी हुनजाने कुनै कार्य गर्नुलाई कसुर मानिएको छ । वनसम्बन्धी कसुर गर्नेलाई वन ऐन २०७६ को दफा ५० (४) बमोजिम विगो असुल गर्ने व्यवस्था छ । कसुर गर्नेलाई रु ६० हजारसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले कसुर गर्ने व्यक्तिलाई पक्राउ गर्न वा सूचना दिन पनि डिभिजन वन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.