• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छ : दुर्गाकुमारी गुरुङ

  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ । आगामी दिनमा सुधार्दै अघिबढ्नुपर्छ । राजनीतिलाई स्थायित्व प्रदान गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई सुदृढ गर्दै देशलाई समृद्धितर्फको यात्रामा लैजानुपर्ने विषयमा केही ढिलासुस्ती र कमीकमजोरी भएको छ । राजनीतिक परिवर्तनपछि पनि जनअपेक्षाअनुरुप सुशासन कायम हुन भएको छैन । जनताले राज्यबाट प्रदान गरिने सेवासुविधा सहज रूपमा प्राप्त गर्न कठिनाइ अनुभव गरिरहेका छन् ।

    कानुन निर्माणका निम्ति सरकार, संसद् र सांसदहरूको जति सक्रियता हुनुपथ्र्यो त्यो नभएको हो कि भन्ने हामीलाई नै महसुस भएको छ । सबै पक्षका सहमति र विश्वासमा अघि बढाउनुपर्ने हुँदा गति कमजोर छ । गुणस्तरीय कानुन निर्माणमा ढिलाइ भएकै कारण विगतको द्वन्द्वका पीडित हुन् वा पछि बलात्कारबाट ज्यान गुमाउनुपरेकी निर्मला पन्तका परिवारले पनि न्याय पाउन सकेका छैनन् । हामीजस्ता दूरदराजबाट आएका विधायकलाई ऐन बनाउनुअघि कानुनी पाटो–पक्षमा जति प्रशिक्षण र जानकारी गराउनुपर्ने थियो, त्यो नभएको जस्तो पनि लागेको छ । बनाइएका कानुन गुणस्तरीय भएन भने त्यसले कहाँ र कसरी असर पुर्याउन सक्छ भनी सांसदहरूलाई नियमित प्रशिक्षण दिन आवश्यक छ ।

    मुलुकको राजनीतिक वृत्तमा देखिएको गठबन्धनको शैलीले दल विशेषको आदर्श र सिद्धान्तलाई कमजोर बनाएको छ । गठबन्धन गर्नेभन्दा समाजमा राम्रो काम गरी चुनावमा जनताको मन जित्ने काम गर्न आवश्यक छ । मेरो परिवार तत्कालीन माओवादी विद्रोहीहरूबाट पीडित हो । गत आमनिर्वाचनमा नेपाली कांग्रेसले उसैसँग गठबन्धन गर्यो । चुनावमा उसैलाई सहयोग गर्नुपर्यो । दलको नेतृत्वले चालेका कदम चित्त बुझे पनि नबुझे पनि सहयोग गर्नैपर्ने अवस्था आयो । यस्तो कार्यप्रति पार्टीभित्र मेरो असहमति छ ।

    दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले जनताले भेट्दा त्यहाँका समस्या र आवश्यकताका विषय बढी उठाउनुहुन्छ । कानुनका विषय पनि उठ्छन् नै । हामीले कानुन र विकास दुवैलाई तालमेल गर्दै लैजानुपर्छ । राष्ट्रियसभालाई एउटा समावेशी र प्रबुद्ध वर्गको प्रतिनिधित्व रहेको सभा भएकाले त्यहाँ समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका र राष्ट्रिय राजनीतिमा ओझेलमा परेका व्यक्तिलाई समेट्ने कोसिस भएको छ । मेरा श्रीमान् ९यज्ञबहादुर गुरुङ० जिल्ला खेलकुदको अध्यक्ष र तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो । विसं २०५८ पुस २७ गते विद्रोही पक्षको आक्रमणमा पर्नुभयो । म द्वन्द्वपीडित परिवार हुँ । अहिले पार्टीले यो जिम्मेवारीमा पुर्याएको छ । न्याय पाएँ भन्ने महसुस पनि भएको छ ।

    अहिले देशमा भ्रष्टाचार मौलाउनुमा उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको दोष छ । भ्रष्टाचारकै कारण व्यक्ति मोटाउने, देश दुब्लाउने जस्तो विषम परिस्थिति छ । सामान्य जनताले पैसा नखुवाई काम बन्दैन । पहँुच र प्रभावका आधारमा निर्णय र अवसर प्राप्त गर्ने परिस्थिति छ । लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई सुदृढ तुल्याउन कानुन कार्यान्वयनमा जोड दिनुपर्छ । राजनीतिक नेताले नहुने र नसक्ने कुरामा पनि आश्वासन बाँड्ने कार्य बन्द गर्नुपर्छ ।

    चुनाव जितेपछि पनि दलहरूले मतदाताका बीचमा पुग्ने र समस्या बुझ्ने काम गर्नुपर्छ । जनतालाई सेवासुविधा घरदैलोबाटै सहज र सुलभ ढङ्गबाट प्रदान गर्न सक्नुपर्छ । जनताले न्याय, सुशासनको अनुभूति गर्न पाउनुपर्छ । अहिले पार्टीमा योगदान दिने निष्ठावानभन्दा चुनावमा खर्च गर्ने मानिसलाई प्राथमिकता दिने जस्तो देखिएको छ । एउटा व्यक्ति जीवनभर पार्टीमा लागेर सर्वस्व गुमाउने अनि अवसर भने कहिल्यै नपाउने हुनुहुन्न । चुनावमा पैसा खर्च गर्नेले पछि खर्च उठाउन खोज्दा भ्रष्टाचार बढ्न जान्छ । कतिपय साथीकोे चुनावको ऋण अझै थुप्रै रहेको र तिर्न नसकेको गुनासो सुन्न परिरहेको छ ।

    युवा, विद्यार्थीको दैनिक रूपमा भइरहेको विदेश पलायन रोक्न प्रमुख दलका शीर्ष नेतृत्वले सोच्नुपर्छ । स्वदेशमै बस्ने र रमाउने वातावरण बनाउनुपर्छ । राजनीतिक अस्थिरता रोक्नुपर्छ । रोजगारी दिलाउने उद्योग, कलकारखाना खोल्न र विकास निर्माणका आयोजना अघि बढाउनुपर्छ । शिक्षा गुणस्तरीय र रोजगारीसँग जोड्ने हुनुपर्छ । छोराछोरीले रोजगारी पाएर आफ्नै घरआँगनमा बस्ने अवस्था भइदिएको भए कति आनन्द हुन्थ्यो रु राजनीति सत्तास्वार्थमा रुमल्लिएका कारण देश र जनताले दुःख पाइरहेका छन् । जनता पनि विदेश जानुभन्दा आफ्नो घरआँगनमा सानोतिनो भए पनि रोजगारीमा लाग्नुपर्छ । गरिब तथा सीमान्तकृत वर्गलाई सहयोग गर्नुको साटो उनीहरूले दुःख गरेर कमाएको पैसा सहकारीले नाममा खाइदिने प्रवृत्ति बढेको दुःखद हो । यसले धेरैलाई पिरोलेको छ । राज्य संयन्त्रले त्यस्ता कर्ममा लागेकालाई कानुनको कठघरामा ल्याउनुपर्छ । अनिमात्र राज्यप्रति जनविश्वास बढ्छ ।

    सांसद गुरुङको परिचय

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का स्थायी बासिन्दा राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङले २०४८ मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरी राजनीतिमा प्रवेश गर्नुभएको हो । माओवादी द्वन्द्वमा पति यज्ञबहादुर गुरुङ गुमाउनुभएकी उहाँलाई पार्टीले विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिफारिस गरेको थियो । उहाँ राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सदस्य पनि हुनुहुन्छ ।
    ९सांसदसँग रासस संवादका लागि राष्ट्रियसभा सदस्य गुरुङसँग राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।०

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.