काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








