• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

विपद् व्यवस्थापनका लागि स्रोत साधनको अभाव

  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका स्थानीय तहहरु विपद् व्यवस्थापनका लागि सक्षम भए पनि स्रोत साधनको कमी भएको पालिका प्रमुखहरुले बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रियामा पालिका प्रमुखहरुले स्थानीय स्रोत साधनको भरपुर प्रयोग गर्न नपाउँदा विपद् व्यवस्थापनमा समस्या हुने गरेको धारणा राख्नुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद व्यवस्थापनका लागि स्थानीय तहले काम गर्न खोज्दा विभिन्न निकायहरुबाट रोक्ने गरिएको बताउनुभयो । निकुञ्ज र वनले आ–आफ्नो कानुन देखाउँदै बाढी पहिरो रोकथामका काम गर्न नदिएको उहाँले बताउनुभयो ।

    रत्ननगरमा बाढीको जोखिम बढी हुने गरेको बताउँदै उहाँले खोलामा तटवन्ध गर्न समेत बिभिन्न निकायबाट अनुमति लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निकायले स्रोत साधनको भरपुर प्रयोग गर्न पाए बिपदको क्षती न्यूनिकरण गर्न सकिने छ ।”

    खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाँले आफ्नो पालिकामा आगलागी बाढी, हावाहुरीको समस्या बढी हुने गरेको बताउँदै यसलाई रोक्नका लागि कस्को क्षेत्राधिकार कति भन्ने विषयमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

    स्थानीय तहलाई अधिकार दिइएको भए पनि कार्यान्वयनका क्रममा अन्य निकायबाट यसलाई रोक्ने काम हुने गरेको उहाँको गुनासो थियो । ठाउँ हेरेर काम गर्न सके मात्रै विपद् व्यवस्थापन गर्न सकिने उहाँको भनाइ थियो ।

    कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मीले स्रोत साधनको अभावका कारण सोचे अनुसारको विपद्का क्षेत्रमा काम गर्न नसकिएको बताउनुभयो । पालिकाहरुले आफ्नो क्षमताअनुसार काम गरिरहेको भए पनि दक्ष जनशक्ति र स्रोतको अभावका कारण जनअपेक्षाअनुसार काम गर्न कठिन हुने गरेको उहाँको भनाइ थियो ।

    माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतोले स्थानीय सरकारहरु विपद् व्यवस्थापनमा सक्षम भए पनि स्थानीय स्रोत साधनको परिचालन गर्न नपाउनुले काम गर्न कठिन हुने गरेको बताउनुभयो । विपद् व्यवस्थापनका लागि प्राकृतिक स्रोत साधनको परिचालन गर्न पाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत साधनको परिचालन गरेर बिपद व्यवस्थापन र क्षती न्यूनिकरण गर्न सहज बनाइनुपर्छ ।”

    इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले कुन सामग्रीको आवश्यकता पर्छ त्यहीअनुसार परिचालन गर्न पाउनुपर्ने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले विपद् व्यवस्थापनकोे अधिकार स्थानीय तहलाई दिइएको भए पनि सोअनुसार पालिका प्रमुखबाट काम हुन नसकेको बताउनुभयो । ठोस योजना वनाएर तीनै तहका सरकारबीच समन्वय गरेर काम हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वन मन्त्रालयका विकास वातावरण तथा जलवायुबिज्ञ हरिप्रसाद शर्मा र सशस्त्र प्रहरी बल १७ नम्बर वाहिनी आँपटारीका सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज गुरुङले विपद् र यसको प्रतिकार्यबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समन्वय प्रमुख अधिकारीले विपद्सँग बाँच्ने क्षमता नभएकालाई कसरी वचाउन सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर काम गर्नुपर्ने बताउनुभयो ।

    कार्यपत्र प्रसतुत गर्दै जलवायु विज्ञ शर्माले जलवायु परिवर्तनको मुख्य प्रभाव पानीमा पर्ने गरेको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्बन शून्य बनाउने लक्ष्य लिएको बताउँदै उहाँले विद्युतीय साधनको प्रयोग वढाउन आवश्यक रहेको बताउनुभयो ।

    सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गुरुङले दक्ष जनशक्तिको अभावका कारण विपद् व्यवस्थापनमा कठिन हुने गरेको बताउनुभयो । विपद् व्यवस्थापनका लागि पर्याप्त साधन नभएका कारण समस्या हुने गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बाढीका लागि साधन भए पनि अन्य विपद्का लागि पर्याप्त साधन छैन ।”

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.