• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

प्रबासमा पत्रकारिता चुनौतिपूर्ण

  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बिदेशमा रहेर पत्रकारिता गर्नु निकै चुनौति पूर्ण रहेको बिभिन्न देशमा रहेर पत्रकारिता गरिरहेकाहरुले बताएका छन् । चितवन घर भई अमेरिका र जापानमा रहनुभएका पत्रकारहरुले प्रबासको पत्रकारिता चुनैतिपूर्ण रहेको बताउनुभएको हो । आज यहाँ पत्रकारहरुसंग अन्तरक्रिया गर्दै उहाँहरुले बिदेशमा बसेर नेपालको धर्म संस्कृति संरक्षण र समाजिक पत्रकारिता गर्ने गरेको बताउनुभयो । अमेरिकामा हिमालयखबर अनलाईन चलाउँदै आउनुभएका बिकाशराज न्यौपाने बिदेशमा रहेर पत्रकारिता गर्नु नेपालीहरुलाई निकै चुनौति पूर्ण रहेको बताउनु हुन्छ ।

    नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका न्यौपानेले अहिले अमेरिकामा करिब ५ लाख नेपालीहरु रहेको र जस मध्ये ३ सय जना पत्रकार रहेको भए पनि आफ्नो नियमीत काम सकेर मात्र पत्रकारिता गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । बिदेशमा नेपालीहरुलाई व्यवसायीक पत्रकारिता गराउन कठिन हुने भन्दै उहाँले भन्नुभयो “नेपालीहरुलाई प्रोत्साहन गर्ने काममा त्यहाँको पत्रकारिता अघि वढेको छ ।” व्यवसाय गर्ने नेपालीहरु थोरै हुने हुँदा त्यसबाट खर्च जुटाउन समेत कठिन हुने गरेको उहाँले बताउनुभयो ।

    आँफुहरुले बिदेशमा रहेर पनि बिज्ञहरुसंग छलफल, नेपालमा बिदेशी लगानी भित्र्याउने बिषयमा नेपालका राजनितिज्ञहरुसंग बहस गर्ने गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिले हाम्रो लक्ष्य बिदेशमा लगानी गर्ने योजना बनाएर नेपाल आउन चाहानेलाई सरकारको तर्फबाट हुने सहयोगका बारेमा पत्रकारिताका माध्यमबाट झकझकाउने काम गरिरहेका छौ ।”सामुदायीक पत्रकारिता बिदेशमा बसेर गर्ने गरेको उहाँको भनाई थियो ।

    उहाँले एक चोटीको नेपाली सधैको नेपाली भन्ने नारालाई नेपाल सरकारले सम्बोधन गर्न सकेमा नेपालमा लगानीको अभाव नहुने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो दुईवटा आमा रहनु भएको छ । एउटा जन्मदीने अर्को कर्म दिने ।” नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्ब अध्यक्ष वेदप्रसाद खरेलले आँफुले अमेरिकामा सन् २००६ देखि सन् २०११ सम्म पत्रकारिता गर्दा निकै चुनौति वेहोर्नु परेको बताउनुभयो । त्यही रहेका नेपालीहरुलाई लक्षित गरेर संञ्चालन गरिएका पत्रिका वा अनलाईन समेत सञ्चालनमा निकै चुनौति देखिएको उहाँले बताउनुभयो ।

    व्यवसायीक पत्रकारिताको बिकास अहिले पनि प्रबासमा हुन नसकेको भन्दै उहाँले भन्नुभयो “आफ्नो नियमित काम सकेर मात्र पत्रकारिताको काम गर्नुपर्ने बाध्यता छ ।” नेपालमा जस्तो सहज वातावरण वन्न अझै केही समय लाग्ने उहाँले बताउनुभयो । नेपालमा आँफुहरुले पत्रकारिता गर्दा कष्टकर वातावरण रहेको भन्दै उहाँले अहिले त्यसमा केही सुधार आएको आँफुले पाएको बताउनुभयो । उहाँले स्मरण गर्नुभयो “आँफुहरुको पालामा टेलिफोन, यातायातको सहजता कहाँ थियो । अहिलेको जस्तो ।”

    स्थानीय पत्रकिा बिक्न कठिन हुने समयमा समाचार लेखेर पनि धम्कि सहनु पर्ने स्थिति रहेको भन्दै उहाँले अहिलेका साथीहरुलाई त्यस्तो समस्या नरहेको बताउनुभयो । जापानमा रहेर आफनो व्यवसाय संगै पत्रकारिता गर्दै आउनु भएका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्ब अध्यक्ष कृष्ण भण्डारीले काम गरेर वचेको समय मात्रै पत्रकारिता क्षेत्रलाई दिने गरेको बताउनुभयो । आफ्नो नियमित काम गरेर मात्र पत्रकारिता गर्नुपर्ने हुँदा सामाजिक पत्रकारिता मात्रै हुने गरेको उहाँले बताउनुभयो ।

    बि. सं. २०६३ सालमा पत्रकारिता क्षेत्रबाट प्रयाप्त नभएर बैदेशीक रोजगारीको लागि जापान पुग्नुभएका भण्डारी बिदेशमा रहेर त्यहाँ रहेका नेपालीहरुलाई नेपालको धर्म संस्कार सिकाउन पत्रकारिता गर्ने गरेको भए पनि व्यवसायीक वनाउन कठिन भएको बताउनुभयो । १२ घण्टा काम गरेर बाँचेको समय पत्रकारिता क्षेत्रलाई दिनु निकै चुनौतिपूर्ण रहेको उहाँको भनाई थियो । छलफलका क्रममा बिदेशी सञ्चार माध्यममा नेपालीले पाएका अबसर र त्यहाँ हुने गरेका चुनौतिको बिषयमा चर्चा गरिएको थियो ।

    सो अबसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले अहिलेको अबस्थामा चितवनको पत्रकारिता र यहाँ देखिएका चुनौतिका बारेमा प्रकाश पार्नुभएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.