काठमाडौँ । लोकसेवा आयोगले सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएको निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । हाल फैलिरहेको कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय, आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएपछि मुख्य शाखाहरु बन्द गर्नु परेको र कर्मचारी आइशोलेसनमा रहेको कारण तत्काल परिक्षा सञ्चालन गर्न कठिनाई भएको आयोगले जनाएको छ ।









