• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ 

  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु लोपोन्मुख अवस्थामा पुगेको सती घाँटु नाँच संरक्षणमा जुटेका छन् । गाउँपालिकाका अन्य गुरुङ बस्तीहरुमा घाटु नचाउँन छाडे पनि यहाँका स्थानीय त्यसको संरक्षणमा लागेका छन् । स्थानीय सुजन गुरुङले पहिले इच्छाकामना गाउँपालिकाका अधिकांश गुरुङ गाउँमा घाँटु नचाइने गरिए पनि पछिल्लो समय यो नाच हराउने अवस्थामा पुगेको बताउनुभयो । यद्दपि इच्छाकामनाको स्वरबिस्ना गाउँमा भने यो नाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार यस वर्ष पनि स्थानीय पन्थदेवी आमा समूहको आयोजनामा यही जेठ ११ गतेदेखि सति घाँटु नाच नचाइँदै छ । गुरुङ्ले घाँटु गुरुआमा मङ्गलीमाया गुरुङको नेतृत्वमा ६ जना गुरुआमाहरुले घाँटु गीत गाउने र नौ जना कन्यालाई घाँटु नचाइने जानकारी दिनुभयो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा बसन्तपञ्चमीबाट सुरू भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । एक दशक अघिसम्म इच्छाकामनाका अधिकांश गुरुङ गाउँमा नचाइने घाँटु पुस्तान्तरण हुन नसक्दा हराउँदै गएको स्थानीय चित्रबहादुर गुरुङले बताउनुभयो ।

    याकराङ, ढुङ्ग्रे काटीश्वरालगायतका गाउँमा केही वर्ष अघिसम्म घाँटु नाँच नचाइने गरे पनि निरन्तरता नपाएका उहाँको भनाइ छ । “यहीले गुरुङ बाहुल्य गाउँमा घाँटु नाँचका लागि गुरु आमा भेटिदैँनन्, पछिल्लो समय बसाइँसराइ र पुस्तान्तरण नहँुदा समस्या आएको हो । अब सय विषयमा सचेत नहुने हो भने कसैले पनि घाँटु नाच देख्न पाउने छैनन्”, उहाँले चिन्ता जाहेर गर्नुभयो । घाँटु नाँच सती र बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सति श्रीपञ्चमीमा सुरू भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे जुनबेला पनि नाच्ने गरिन्छ ।

    गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएका घाँटु नृत्य ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरु बताउँछन् । उहाँहरूले दिएको जनाकारी अनुसार सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्य प्रारम्भ गरिन्छ । लमजुङ, कास्कीलगायतका जिल्लामा दुई कन्यालाई मात्र नचाइने गरिए पनि तनहुँ, चितवन, गोरखालगायतका स्थानमा तीन कन्या वा विजोर सङ्ख्या पारी जति पनि कन्यालाई समावेश गरेर घाँटु नचाइने गरिन्छ ।

    पुरानो सांस्कृतिक नाँच भए पनि नयाँ पुस्ताको चासो नहुनु र पुरानो पुस्ताबाट हस्तान्तरणका लागि पहल नहुनुजस्ता कारणले लोपहँुदै गएको नाच संरक्षणका लागि आफूहरुका लागिपरेको स्थानीय सुजन गुरुङले बताउनुभयो । घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शङ्गार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.