• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’

  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  “हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु रु” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीसमक्ष गरेकी हुन् । रत्नराज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत क्रिष्टिनाले आज विद्यालयको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी छन् । “स्कुलमा खेलकुदमा विभेद् छ । केटालाई जति खेलकुदमा महत्व दिइन्छ त्यति केटीलाई ध्यान दिने गरिँदैन”, उहाँले भन्नुभयो ।

    क्रिष्टिनाको प्रश्नप्रति वडाध्यक्ष केसीले तत्कालै सम्बोधन गर्दै आवश्यकपर्ने खेलकुद सामग्रीको बजेट तयार पारेर खरिद गर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । खेलकुद सामग्री आउने कुराले क्रिष्टिनालगायत बालबालिकाले खुसी हुँदै उहाँलाई धन्यवाद दिएका थिए । एकता फाउन्डेशनले आज मध्यबानेश्वरस्थित उक्त विद्यालयमा ‘बालबालिका र वडाध्यक्षबीच प्रश्न–उत्तर’ कार्यक्रम आयोजना गरेको थियो । ‘बालविकास विषयक’ विद्यालयस्तरीय कार्यक्रममा सहभागी अरु विद्यार्थीलेसमेत आफ्ना जिज्ञासा जनप्रतिनिधिसमक्ष राखेका थिए ।

    वडाध्यक्ष केसीले बालबालिकाको विकासका लागि आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने भन्दै आफ्नोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । विद्यालयमा खेलमैदानको अभाव रहेको भन्दै वडाध्यक्ष केसीले भद्रघले सदनको खुला मैदानमा विद्यालयका लागि रङ्गशाला बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “खेलमा विभेद् हुनुहुँदैन, सबैले खेल्ने वातावरण बनाउदैछौँ”, उहाँले भन्नुभयो, “योजना बनाएर हरेक सामुदायिक विद्यालयमा खेल मैदान बनाउने छौँ ।”

    विद्यार्थीले शैक्षिक भ्रमण गर्न नपाएको गुनासो गरेपछि वडाध्यक्षले विद्यार्थीलाई शैक्षिक भ्रमण समिति बनाउन सुझाव दिँदै सोहीअनुसार बजेट ल्याइने बताउनुभयो । “एउटै बेच्नमा सात जना कोचिएर पढ्नुपर्छ । हामीले कहिले खुला भएर पढ्न पाउने रु” यो प्रश्नमा वडाध्यक्ष केसीले उक्त समस्याको चाँडै समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा शिक्षा मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेले ‘बालअधिकार र विद्यालयमा बालमैत्री वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    वडा सदस्य सुनिता भित्रकोटीले रत्नराज्यलक्ष्मी विद्यालयको शैक्षिक गुणस्तर सुधारिँदै गएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयको सीमित स्रोतसाधनमा पनि बालबालिकालाई पढ्ने अनुकूल वातावरण मिलाउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पढ्ने मात्रै शिक्षा नभई असल संस्कृति अनुशरण गर्नु पनि रहेको बताउँदै बालबालिकामा असल संस्कृतिको अभ्यास गराइरहेको जानकारी दिनुभयो ।

    एकता फाउन्डेशनका अध्यक्ष रामहरि शाही (समुन्द्री)ले बालबालिकामा प्रश्न गर्ने संस्कार विकास गराउन यस्तो अन्तक्र्रिया कार्यक्रम गर्दै आइएको जानकारी दिनुभएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.