• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम

  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ ।

    दुई पक्षबीचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ । सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सिभ्ली, भरतपुर र उत्तर ढाकाबीच पनि हस्ताक्षर भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बीचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो ।

    दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो । सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गर्नुभयो । भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

    उहाँले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विषेश आभार प्रकट गर्नुभयो । सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ्ग छिङ्ग सिटी र भरतपुर महानगरबीच सुमधुर सम्बन्धको सुरूवात भएको बताउनुभयो ।

    भरपतुरमा केही महत्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटल तथा कृषिजन्य उद्योगहरु स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ्ग छिङ्ग सिटी र व्यवसायीक घरानालाई आग्रह पनि गर्नुभयो । चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उहाँले बताउनुभयो । साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिनुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लहाकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई.साकार लामा, सुचना तथा वैदेशिक समवन्य शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.