काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








