चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अव्यवस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेको छ । चाडपर्वसँगै बजारमा भीड बढेपछि कारवाहीलाई तीव्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुख्य राजमार्ग र बजार क्षेत्रका सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरी सुरु गरिएको व्हिल लकरचेन लक गर्न थालिएको थियो । असोज महिनामा ३ सय ७६ सवारी साधनलाई कारवाही गरिएको छ । सडक, फुटपाथ र पार्किङ निषेधित क्षेत्रमा अनधिकृत रुपमा जथाभावी सवारी पार्किङ नगर्न ट्राफिक प्रहरी चितवनले आग्रह गरेको छ । तीव्र गतिका कारण जिल्लामा हुने सवारी दुर्घटना कम गर्न राडार गन मार्फत् पनि सवारीको गति चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जनकारी दिनुभयो ।








