• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

विपन्न किसानलाई जग्गा भाडामा अनुदान

  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाले किसानलाई अनुदान दिने भएको हो । नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिनुभयो ।

    नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै होइन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापनलाई सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । जग्गा नभएका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानको पहिचान गरी अनुदान प्रदान गरिएको नगर प्रमुख खनियाले बताउनुभयो । नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने छन् ।

    अनुदान पाएका सन्तोषबहादुर परियार बिहान बेलुकाको छाक टार्न समस्या भएको बताउनुभयो । मौसमअनुसार धान, तोरीलगायतका अन्नबाली लगाउने योजना आफूले बनाएको परियारको भनाइ छ । दश कठ्ठा जग्गाको भाडाको लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानुपर्ने अवस्था थियो, अब आफै फलाएर जीवन धान्ने योजना छ ।”

    खैरहनीमा विपन्न, मध्यम र व्यावसायिक गरी तीन प्रकारका किसान रहेको भन्दै प्रमुख खनियाले विपन्नलाई कृषि पेसामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यावसायिक किसानलाई अनुदानमार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताउनुभयो । नगर उपप्रमुख कविता उप्रेतीले विपन्न तथा भूमिहीन किसानलाई कृषि उत्पादनसँग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । यसलाई क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उपप्रमुख उप्रेतीको भनाइ छ ।

    कार्यक्रम कार्यान्वयनको लागि जम्मा आठ हेक्टर जमिनमा खेती गर्न सम्झौता भएको यसबाट वार्षिक दुई सय १० मेट्रिक टन तरकारी र १८ दशमलव पाँच मेट्रिक टन खाद्यान्न थप उत्पादन हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिनुभयो । यस कार्यक्रममा हालसम्म ३१ जना किसान दुई दशमलव पाँच कठ्ठादेखि १० कठ्ठासम्म जग्गा भाडा अनुदानका लागि सम्झौता भएको र छनोट भएका किसानले प्रतिकठ्ठा प्रतिमहिना रु दुई हजारको दरले तीन वर्षसम्म निरन्तर अनुदान प्राप्त गर्ने नगरपालिकाले जानकारी गराएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.