काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक-दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुइ स्थानमा हल्का बर्षाको सम्भावाना महाशाखाले जनाएको छ ।








