चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २८ पुरुष र १८ महिला गरि ४६ जना, रत्ननगरका ३ पुरुष ६ महिला, खैरहनिका १ पुरुष, राप्तीका १ महिला र ईच्छाकामनाका १ पुरुषगरि चितवनका ५८ जना रहेका छन । अन्य संक्रमित हुनेहरुमा नवलपुरका १४, तनहुँका ४, गोरखा १, बारा ४, काठमाण्डौ १ र ललितपुरका १ समेतगरि जम्मा ८३ जना रहेका छन । संक्रमितहरु २ महिना देखि ९० बर्ष सम्मका रहेका छन । परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ । मंगलबार परिक्षण गरिएका २७१ वटा नमूना मध्ये १८८ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८३ वटा नमुनाको पोजेटिभ आएको हो ।








