काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।








