• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

प्रचारप्रसार नहुँदा ओझेलमा राइनो ताल

  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो । बजारबाट नजिकै रहेपनि राइनो तालको प्रचारप्रसार नहुँदा पर्यटकको आगमन भने सोचेजस्तो हुन सकेको छैन ।

    भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तका अनुसार दुर्लभ जङ्गली जनावर अवलोकनका लागि यो ताल महत्वपूर्ण मानिन्छ । उहाँले भन्नुभयो, “गैँडाले पानी खाने ताल भएकाले राइनो ताल भनिएको हो, यहाँ गैँडासँगै विभिन्न प्रजाति चरा, गोही, हरिण, मृग, जरायोलगायतका वन्यजन्तु हेर्न पाइन्छ ।” विशेष गरी दुर्लभ वन्यजन्तुको लागि यो ताल महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    साथै वडाध्यक्ष पन्तले राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ, यो भ्रमण वर्षको अवसरमा प्रचारप्रसारलाई अलि अगाडि बढाउन सक्यो भने बिसहजारी ताल र बाटुली पोखरीमा जस्तै पर्यटकको आगमन वृद्धि गर्न सकिन्छ ।”

    उहाँले तालसम्म सडक बाटो ग्राबेल गरिएकाले साना ठूला सबै किसिमको सवारी साधनमा पुग्न सकिने बताउनुभयो । राइनो तालमा ड्याम निर्माणका साथै वन्यजन्तु अवलोकनका लागि मचान, विश्रामस्थल, शौचालयलगायत विभिन्न भौतिक संचरना पनि निर्माण गरिएको छ ।

    रामबेल समुदायिक वनका अध्यक्ष माधव धितालका अनुसार राइनो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ताल दुई मिटरदेखि साढे पाँच मिटरको गहिराइ रहेको छ । राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त हुने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त रहने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण छ, तालमै पानीको स्रोत भएकाले पानी सुक्दैन ।”

    यो ताल अवलोकनका लागि मासिक दुई हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ घोषणापछि मात्र यहाँ आउने पर्यटकको रेकर्ड राख्न सुरु गरिएको हो । दुई महिनायाता यहाँ आउने पर्यटकहरुको रेकर्ड राख्न सुरु गरिएको हो । ताल अवलोकन गर्न आउने पर्यटकका लागि रु २० प्रवेश शुल्क लिने गरिएको छ । भरतपुर भ्रमण वर्ष सुरु भएपछि पर्यटक आवागमनका वृद्धि हुँदै गएको वनका अध्यक्ष धितालको भनाइ छ । राइनो ताललाई विसं २०६२ देखि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सुरु गरिएको हो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.