• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

बाटो सहज भएपछि भाडामा बस्ने समस्या हट्दै 

  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर २० भीमनगरका हेमराज रिमालले एक दशकअघि माध्यमिक तह घर नजिकैको विद्यालयबाट पूरा गरेपछि उच्च शिक्षा अध्ययनको लागि सदरमुकाम भरतपुरमा कोठा भाडामा लिएर बस्न थाल्नुभयो । अहिले करिब १८ किलोमिटर दूरीमा रहेको भीमनगरबाट सदरमुकाम भरतपुर आउन घण्टौँ लाग्ने गर्दथ्यो किनकी बाटो गतिलो थिएन । उहाँले आठ–दश वर्षसम्म सदरमुकाममा भाडाको कोठामा बिताउनुभयो । अध्ययनसँगै पत्रकारितामा होमिनुभएका उहाँ हाल घरबाटै आवजावत गर्नुहुन्छ ।

    उहाँले भन्नुभयो, “अहिले बाटो सरर भएको छ बाइकमा १५–२० मिनेटमा घरबाट भरतपुर पुगिहालिन्छ सार्वजनिक गाडीमै गए पनि आधा घण्टा हो । कोठामै बस्नुपर्ने समस्या छैन”, उहाँले भन्नुभयो, “विकासमा भनेको बाटो प्रमुख हुँदोरहेछ ।” हाल भरतपुर महानगरपालिकाभित्रका सडक कालोपत्रे भएपछि मुख्य बजार सदरमुकाम क्षेत्रमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सात वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरुप फेरिएको हो । सदरमुकाम भरतपुर–१० मा रहेको डेरीको खुद्रा बिक्री केन्द्रमा काम गर्दै आउनुभएका भरतपुर–२२ पटिहानीका उत्तम अधिकारी बिहानै ६ बजेनै पसल खोल्न आउनुहुन्छ ।

    भरतपुर–५ मा रहेको डेरी उद्योगमा हाजिर गरेर सदरमुकाम आउन विगत एक दशक अघिसम्मको कुरा असम्भव हो । तर आफ्नो सवारीमा १६ किलोमिटर बिहान दूरी पार गर्न उहाँलाई खासै समय नलाग्ने बताउनुहुन्छ । सदरमुकाममा रहेको कलेजमा उच्च शिक्षामा अध्ययनरत भरतपुर–२६ ज्योतिनगरका किरण न्यौपाने बिहानी कक्षा भेट्न आधा घण्टा गाडीमा यात्रा गरी सदरमुकाम आइपुग्नुहुन्छ । उहाँजस्तै पश्चिम चितवनबाट सदरमुकाम आउने एक गाडी विद्यार्थी आजकाल घरबाटै सदरमुकाम अध्ययनका लागि आउने न्यौपाने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “गाडीमा साथीहरु ठाउँठाउँबाट चढ्ने झर्ने गर्दा पनि खासै समय लाग्दैन ।” कलेजमा बिहानी कक्षा सकाएर खाना खान घरैमा पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो गतिलो हुन्थेन भने कि त यतै पढ्नुपथ्र्यौ कि त कोठा लिएर भरतपुरमै (सदरमुकाम) बस्नुपर्दथ्यो ।” हाल भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडका कालोपत्र भइसकेको छ भने बाँकी रहेको एक सय किलोमिटर सडक कालोपत्रको चरणमा रहेको भरतपुर महानगरपालिकाका इञ्जिनियर साकार लामा बताउनुहुन्छ ।

    महानगरभित्रको सडकको लम्बाइ एक हजार किलोमिटर रहेकामा नौ सय किलोमिटर सडक कालोपत्र गरिसकिएको उहाँको भनाइ छ । महानगर प्रमुख रेनु दाहालको नेतृत्वपछि सात सय किलोमिटर सडक कालोपत्र भएको उहाँले बताउनुभयो । भरतपुर महानगर प्रमुख रेनु दाहाल आफू पहिलोपटक महानगर प्रमुखमा निर्वाचित भएपछि सहरी विकास मन्त्रालयमार्फत ‘स्मार्टसिटी’ पूर्वाधारका लागि विनियोजित रु दुई अर्बबाट १७ वटा सहरी सडक निर्माण गरिएको बताउनुभयो ।

    उहाँका अनुसार महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ । तीन तहका सरकारको साझेदारीमा यो सडक बनेको हो । उहाँले गाउँका सडक चौडा र कालोपत्र गरेपछि स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.