भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले आयोजना गरेको ‘एसइई ओपन डिजिटल क्विज कन्टेस्ट’मा एसओएस हर्मन स्कुल भरतपुरले प्रथम स्थानहासिल गरेको छ । एसइई दिएर बसेकाविद्यार्थीहरूको सहभागितामा सम्पन्नप्रतियोगिताको एउटा समूहमातीनजनाविद्यार्थी सम्मिलितथिए ।
कुल १८ वटा टिम सहभागीभएको प्रतियोगिताको ‘सेलेक्सन राउण्ड’ १० वटा टिम छानिएका थिए । ‘सेलेक्सन राउण्ड’बाट छानिएका १० वटा टिममध्येबाट एसओएसका स्पन्दन कँडेल, लिगल गुरुङ र प्रल्हाद दवाडीको टिमले प्रथम स्थानहासिल गरेको थियो । त्यसैगरी प्रतियोगितामाअर्किड स्कुल भरतपुरकाकिञ्जल कँडेल, प्रज्वलअर्याल र रितेश दवाडीको समूहले द्वितीय स्थानहासिल गरेको छ भने समान अङ्क ल्याउँदै ग्लो साइन एकेडेमीकानिश्चलथापा, इन्टरनेसनल इङ्गलिस मोडल स्कुलका राजीवकुमार यादव र मोर्डन इङ्गलिस मोर्डन स्कुलकादियाचौधरीकोको टिमले समेत द्वितीय स्थानहासिल गरेको थियो ।
प्रतियोगितामा‘जनरल राउण्ड’, ‘इजी राउण्ड’, ‘एकाडेमीक राउण्ड’, ‘भिजुअल राउण्ड’, ‘म्युजिकल राउण्ड’ ‘गेम राउण्ड’ र ‘आइ टेस्ट राउण्ड’ गरी छ प्रकारका राउण्डअन्तर्गकाप्रश्नहरू सोधिएकाथिए । प्रतियोगितामा ‘फोनोफ्रेन्ड’ र ‘अडियन्स’ राउण्डसमेत समावेश गरिएको सहजकर्ता इन्जिनियर तेज अर्यालले जानकारी दिए ।
एसइई परीक्षाकोनतिजाको प्रतीक्षामा रहेकाविद्यार्थीहरूलाई आगामी शैक्षिकयात्राबारे परामर्श प्रदानगर्नसमेत प्रतियोगिताको आयोजनागरिएको ‘क्बिज मास्टर’ डा. आरएनधितालले जानकारी थिए ।








