• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत

  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘सञ्चारमाध्यमसँग प्रेस काउन्सिल’ कार्यक्रमअन्र्तगत आज राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकारितामा हुने चोरी र हुबहुलाई निरुत्साहित गर्दै पत्रकारहरु सृजनशील र व्यावसायिक हुनुपर्ने धारणा राख्नुभयो ।

    सञ्चारमाध्यम आफैले पनि स्वनियमन र पृष्ठपोषणका लागि संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “प्रेस काउन्सिल नेपालले आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र कारबाहीलगायतका काम गर्दै आएको छ”, उहाँले भन्नुभयो । पत्रकारितामा ‘कपिपेस्ट’ गर्ने प्रवृत्ति विकराल छ रहेको भन्दै यसलाई निरुत्साहित गराउन काउन्सिलको संयन्त्रले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले राससबाट सम्प्रेषित समाचार, तस्बिर र भिडियोहरु स्रोत उल्लेख नगरी प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक भएको बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पनि आमसञ्चारमाध्यमले स्वनियमनको संयन्त्र बनाउन जरुरी रहेको बताउनुभयो । “रासस वनियमनको पक्षमा छ । राससले शैली पुस्तिकामार्फत स्वनियमनको अभ्यास अघि बढाएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रविधिको विकाससँगै पत्रकारितामा थपिएको चुनौतिलाई सामना गर्दै पत्रकारिताको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राससका महाप्रबन्धक सिद्धराज राईले पत्रकारितालाई व्यावसायिक, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउन काउन्सिलसँगको सहकार्य महत्वपूर्ण भएको धारणा राख्नुभयो । काउन्सिलले विभिन्न सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारिता आचारसंहिता, सञ्चारमाध्यमको गुनासो, जिज्ञासालगायतका विषयमा अन्तरक्रिया गर्दै आएको छ । अन्तरक्रियामा पत्रकारिताका चुनौती, समाचारको लेखन शैली, समाचारमा स्रोतको प्रयोग, पत्रकारिताले बेहोरिरहेका समस्या र समाधानका विषयमा छलफल भएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.