• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग

  •   शनिबार, असार ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्र्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुुभयो ।

    सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुुभयो ।

    मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रुपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।

    गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्ल्ेस, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताउनुुभयो ।

    “गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन र विकासलाई सङ्घले प्राथमिकता प्राप्त कर्यक्रमका रुपमा लिएको छ”, उहाँले भन्नुुभयो, “हामीले लक्षित गरेको पदमार्ग छोटोमा चार दिनदेखि १२ दिनसम्म लम्ब्याउन सकिने छ ।” उहाँका अनुसार यस सम्पदा पदमार्ग प्राचीन गुरुङ गाउँहरू ताङतिङ, सिङ्दी, याम्जाकोट, पसगाउँ, भुजुुङ, घलेगाउँ, सिउरुङ, जगत, तिमाङ आदि जुन सुकै ठाउँबाट सुुरु गर्न सकिन्छ । “गुरुङहरुको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रुपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो”, उहाँले भन्नुुभयो ।

    गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रुपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुुभयो । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुख्र्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको
    उहाँले बताउनुुभयो ।

    पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङ बताउनुुहुन्छ । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उहाँले बताउनुुभयो । कास्कीको लमजुुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उहाँको भनाइ छ ।

    यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँमो जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवद्र्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।

    गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्वपूर्ण पदमार्गका रुपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताउनुुभयो । वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।

    यस पदमार्गको प्रवद्र्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मस्याङ्दी, क्होलासाँेथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उहाँले बताउनुुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.