चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ०८०, ०८१को ११ मनिामा झण्डै तीन करोड राजश्व संकलन गरेको छ । कार्यालयले चालु आबको साउन देखि जेठ सम्म कुल २ करोड ८५ लाख ४५ हजार राजश्व संकलन गरेको हो । क सबैभन्दा बढी संकलन पुषमा कार्यालयले ११ महिनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन पुष महिनामा गरेको छ भने सबैभन्दा कम संकलन कात्तिकमा गरेको छ । जसअनुसार पुषमा २८ लाख ९८ हजार पांँचसय रुपैंया र कात्तिकमा २० लाख २५ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको छ ।
यस्तै कार्यालयले साउन महिनामा २४ लाख ३१ हजार पांँचसय, भदौमा २३ लाख ७० हजार ,असोजमा २८लाख ७७ हजार , मंसीरमा २६ लाख ६६ हजार पांँचसय र माघमा २८ लाख ६२ हजार पांँचसय रुपैंया संकलन गरेको छ । यस्तै कार्यालयले फागुन महिनामा २६ लाख ९४ हजार रुपैंया, चैत्रमा २४ लाख ९७ हजार, बैशाखमा २५ लाख २० हजार र जेठ महिनामा २७ लाख २ हजार पांँचसय रुपैंया संकलन भएको छ । कार्यालयले ११ महिनाको अवधिमा ३९ हजार १४६ वटा सवारी साधनलाई कारवाही गरेको थियो ।
सबैभन्दा बढी सवारी कारवाही असोजमा कार्यालयका अनुसार सो अवधिमा सबैभन्दा बढी कारवाही असोज महिनामा भएको थियो भने कम कात्तिक महिनामा भएको छ । जसअनुसार असोज महिनामा ४ हजार १२९ वटा सवारी साधन कारवाहीमा परेका थिए भने कात्तिकमा २ हजार ८४० वटा सवारी साधन कारवाहीमा परेका थिए । यस्तै साउन महिनामा ३हजार ४६१ वटा, भदौमा ३हजार ५५३ वटा र मंसिरमा ३हजार ६२९, पुषमा ४ हजार ७ वटा सवारी साधन कारवाहीमा परेका छन ।
यस्तै माघ महिनामा ३ हजार ८६९, फागुनमा ३जार६१७ वटा, चैत्रमा ३ हजार २५७ वटा , बैशाखमा ३ हजार २७७ वटा र जेठमा ३हजार ५०७ वटा सवारी साधन कारवाहीमा परेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी इन्स्पेक्टर सुरेश सुबेदीले कारवाहीको संख्या संँगै गल्तीको प्रकृति अनुसार जरीवाना गरिने बताए । ‘ सवारी र चालकको गल्तीको प्रकृति र कतिपटक गल्ती गर्यो भन्ने आधारमा पनि जरीवाना तोकिने गर्छ । ’
उनले भने , पहिलोपटक गल्ती गर्ने चालकलाई न्यूनतम मात्र जरीवाना गर्न पाईन्छ । यसअघि ट्राफिक प्रहरीले अधिकतम सम्म चार्ज गर्ने गर्थे ।’ हालका बर्षमा पहिलोपटक गल्ती गर्ने चालकलाई न्यूनतम जरीवाना गरिने नियम भएकोले यस बर्षको राजश्व अघिल्ला बर्षभन्दा केही घटेको उनको भनाई छ । चितवन भएर दैनिक २२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन ।








