• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पढाइलाई व्यवसायमा उतार्दै वीरेन्द्रमा अध्ययनरत विद्यार्थी विनय : खोले ‘खाजा पोइन्ट’

  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्नातक (व्याचलर) लेभल पढिरहेको उमेरमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरु खोज्ने हो भने एकदमै कमै मात्रामा भेटिन्छन् । नेपालमा व्याचलर लेभल पढ्ने धेरैजसो विद्यार्थी घरपरिवारकै खर्चमा पढिरहेका हुन्छन् । केहीले जागिर गर्दै पढिरहेका पनि छन् । तर आफ्नै व्यवसाय नै खोलेर पढाइसँगै व्यवसायलाई अघि बढाउने विद्यार्थी कमैमात्र भेटिन्छन् ।

    चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षीय विद्यार्थी विनय आचार्यले पनि आफ्नै व्यवसाय सुरु गरेका छन् । क्याम्पसको व्यावसायिक सटरमा उनले ‘खाजा पोइन्ट’ नामक होटल सञ्चालन गरेका हुन् ।

    खाजा पोइन्टको वीरेन्द्र क्याम्पस प्रमुख दायाराम पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै उनले बिबिएस भनेको व्यवसायसँग सम्बन्धित पढाइ भएको र उक्त पढाइलाई सीपमा ढालेको भन्दै आचार्यको प्रसंशा गरे ।

    अहिले जागिर खोज्ने तर आफै केही उद्यम गर्न नखोज्ने प्रवृत्ति देखिएको अवस्थामा आफ्नै व्यवसाय खोलेर आचार्यले एक उदाहरण प्रस्तुत गरेको पौडेलको भनाइ छ ।

    घरबाट बाउआमासँग पैसा मागेर ल्याएर पढ्ने अवस्था बिस्तारै कम हुँदै गएको उनले बताए । उनका अनुसार वीरेन्द्र क्याम्पसका आइटीका विद्यार्थीहरुले आइटीको समुह बनाएर आइटीको संस्था बनाएर व्यावसायिक काम गरिरहेका छन् । त्यसैगरी कुनै विद्यार्थीले ट्रेनिङ् सेन्टर खोलेका छन् । त्यसैमध्येको अर्काे खाजा पोइन्ट पनि सञ्चालन आएको बताउँदै उनले विद्यार्थीका यस्ता कामले सिंगो क्याम्पस परिवार खुसी रहेको सुनाए । यस्ता कार्य गर्न अरु विद्यार्थीहरुलाई पनि प्रेरणा मिल्नुपर्ने उनले बताए ।

    आचार्यले आफ्नो पढाईलाई व्यवहारमा उतारेँ झैं अरु विद्यार्थी पनि यसरी नै लाग्नका लागि यस होटलले प्रेरणा प्रदान गर्नेमा आफू विश्वस्त रहेको पौडेलले बताए ।

    विद्यार्थीले सञ्चालन गरेका व्यवसायको विकास र प्रवद्र्धनमा क्याम्पस सदैव सहयोग गर्न तयार रहेको बताउँदै उनले विभिन्न विद्यार्थी संगठनहरुलाई पनि विद्यार्थीको व्यवसायलाई प्रवद्र्धनमा सहयोग गरिदिन आग्रह गरे ।

    वीरेन्द्र क्याम्पस सहायक क्याम्पस प्रमुख भोजराज गौलीले वीरेन्द्र क्याम्पसका सटरहरुमा पहिलो व्यवसायको रुपमा आफ्नै विद्यार्थीले खाजा पोइन्ट सञ्चालन गरेको प्रति खुसी व्यक्त गरे ।
    होटलसँगसँगै आफ्नो पढाइलाई पनि राम्रोसँग निरन्तरता दिन उनले आग्रह गरे । पढ्दै कमाउँदै जुन सोच आचार्यमा विकास भएको छ यो सोच अरु विद्यार्थीहरुमा पनि आउनु पर्ने उनको भनाइ छ । व्यवसायिक सफलताको शुभकामना दिँदै उनले आचार्यबाट अरु विद्यार्थीले पनि सिक्ने वातावरण बन्नुपर्ने बताए ।

    खाजा पोइन्टका सञ्चालक एवम् विद्यार्थी विनय आचार्यले आफू विगतमा अरु व्यवसायमा काम गरेको अनुभव र प्लस टु देखि नै व्यवस्थापन संकाय लिएर पढेको ज्ञानका आधारमा होटल सञ्चालन गरेको बताए । उनले सुरुमा ६ लाख लगानी गरेर होटल सुरु गरेको जानकारी गराए । परिवार र साथी भाइको साथ र सहयोगले होटल सञ्चालन गरेको उनको भनाइ छ ।

    उनले चितवनको बजारमा चल्ने खाजाका अधिकांश परिकार होटलमा पाइने बताए । त्यसैगरी खानाका परिकार पनि बनाइने उनको भनाइ छ । ग्राहकको आवश्यकताअनुसार हामेडेलिभरी अर्थात ग्राहक भएकै ठाउँमा खाजा पुराउने काम पनि उनले गर्ने गरेका छन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.