चितवन । “कला धर्म र संस्कृतीको संरक्षणमा नारायणी पब्लिकको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै भरतपुर ११ स्थित नारायणी ईङ्गलिस पब्लिक स्कुलमा असारे गित गायन प्रतियोगिता सम्पन्न भएको छ । वुधबार विद्यालयमा कृषि र असार पन्ध्रको सांस्कृतिक महत्त्वको सापेक्षतामा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले कृषि र यसको महत्त्वका बारेमा प्रष्ट पार्दै व्यावहारिक ज्ञानले नै जीवनलाई श्रेष्ठता प्रदान गर्ने कुरामा जोड दिए । सोही क्रममा कक्षा ६ देखी ९ सम्मका विद्यार्थीहरूका लागि असारे गीत गायन प्रतियोगिताको आयोजना गरिएको थियो ।
त्यसैगरी नर्सरी, केजी, एक र दुई कक्षाका विद्यार्थीहरूलाई धानको विउ कसरी राख्ने र रोपाई कसरी गर्ने भन्ने कार्यक्रम पनि गर्न लागेको न्यौपानेले बताए । यस्ता खालका कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरी उनीहरूको जीवनलाई सही मार्गनिर्देश गर्ने गरेको प्राथमिक तह प्रमुख एवम् कार्यक्रम संयोजक दिवाकर पौड्यालले बताए ।








