• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

देवघाटमा एक सय ४२ आयोजना सम्पन्न

  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय एक छन् । वडा नं २, ३, ४ र ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं १ गाउँपालिका प्रशासकीय भवन पूरा हुने चरणमा छ ।

    इन्जिनियर ढुङ्गानाले १० शय्याको देवघाट आधारभूत अस्पताल भवनको पहिलो तलाको ढलान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकास्तरीय बजेटबाट बाटो कालोपत्र कार्यको सुरु गरिएको छ । गाउँपालिकाअन्तर्गत रहेको सिच्याङ्ग र वैदी स्वास्थ्यचौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मतकार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । त्यस्तै गाउँपालिकाभित्र १० किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई सय ३० किलोमिटर सडक मर्मतसम्भार गरी यातायात सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आरसिसी खानेपानी ट्याङ्की निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । उहाँका अनुसार रिस्तीखोला, देउतीखोला र चाँपखोलामा तीनवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । देवघाट–५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणका लागि डिपिआर तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणकार्य भइरहेको जनाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचना पुनःनिर्माण गरी सञ्चालनयोग्य बनाइएका छन् ।

    गाउँपालिकाअन्तर्गत थप पाँचवटा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने घिनाटारबाट टाउनचोकसम्म मोटरबाटो कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यस्तै पिपलटारबाट मधुवन चोकसम्म र भुवनटारमा कालोपत्र गर्न थालिएको इन्जिनियर ढुङ्गानाले बताउनुभयो । चालु आर्थिक वर्षमा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगममा ९९ वटा योजनाको अनुगमन गरी छवटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएको गाउँपालिकाका उपाध्यक्ष एवं अनुमन समितिका संयोजक भुवनसिंह गुरुङले राससलाई जानकारी दिनुभयो ।

    सिँचाइतर्फ वडा नं १ मा एउटा, वडा नं २ को खाल्टेफाँटमा तीनवटा, वडा नं ३ मा एउटा र वडा नं ५ मा चार गरी नौवटा योजना सम्पन्न भएका छन् । साथै दुई हजार पाँच सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ । सोलार प्रणालीबाट सञ्चालनमा रहेका दुईवटा लिफ्टिङ खानेपानी योजनामा समस्या भएपछि विद्युतीय माध्यमबाट तिनलाई कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

    यसैगरी, वडा नम्बर ५ मा तीनवटा डिपबोरिङ सम्पन्न हुने चरणमा रहेका र वडा नं ५ को झारखानीमा लिफ्टिङ सिँचाइ निर्माणाधीन छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नागरिकका विकास चाहना पूरा गर्ने अभियानमा आफूहरू क्रियाशील रहेको बताउनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.