चितवन । चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको १५ दशमलव ८५ प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेपछि उपचार गराउन गएकाहरुमा पनि संक्रमण वढेको पाइएको छ ।अस्पतालको सम्पर्कमा आएका कारण हालसम्म पांच प्रतिशतमा संक्रमण देखिएको छ । चितवनमा ४ सय ५० जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित छन् । चिकित्सकपछि कन्याक्ट ट्रेसिङमा परेकाहरुमा संक्रमण देखिएको छ । त्यस्तै उद्योगहरुमा काम गर्नेमा संक्रमणको दर ६ दशमलव ६२ प्रतिशत छ ।चेकजाँचमा खटिएका १ सय ३० प्रहरी संक्रमित भएका छन् । जुन ४ दशमलव ५८ प्रतिशत हो ।यस्तै व्यपार व्यवसायमा खटिएका १ सय ४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।सरकारी कार्यालयका ३१, बैँकका कर्मचारी ३६, र सहकारीका ३९ जना संक्रमित छन् ।जिल्लामा कोभिडकै लागि ५ सय ८ वटा वेड छुट्याइएको छ भने १ सय ७६ वटा आइसीयु बेड र ४९ वटा भेन्टिलेटर रहेको छ ।








