• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

दुध उत्पादनगरे वापत कालिकाका किसानलाई ३१ लाख रुपैयाँ अनुदान वितरण

  •   मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । दुग्ध उत्पादनमा प्रोत्साहन स्वरुप कालिका नगरपालिकाले दुग्ध उत्पादक कृषकहरुलाई प्रति लिटर एक रुपैयाँका दरले आर्थिक अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा दुध उत्पादनगरि दुग्ध उत्पादक सहकारी संस्थाहरुमा विक्रीगर्ने कालिका नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्था मार्फत अनुदान रकम वितरण गरिएको हो । कालिका नगरक्षेत्रका कृषकहरुले बार्षिक ३१ लाख ३३ हजार ९ सय ७३ लिटर दुध दुग्ध उत्पादक सहकारी संस्था मार्फत विक्रीगर्दै आएका छन् ।

    दुग्ध उत्पादक सहकारी संस्थामा विक्रीगर्नै कृषकहरुलाई प्रति लिटर एक रुपैयाँका दरले दुध उत्पादनमा अनुदान कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरुलाई ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ अनुदान रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको हो। नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तमाङले संयुक्त रुपमा ७ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनिहरुले विक्री गरेको दुधको आधारमा पाउनुपर्ने अनुदान रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

    चेक हस्तान्तरण कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख विनोद रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो । यो आर्थिक वर्षको भखरै केही दिन अघि पारित भएको नगरको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिएको उहाँले जोड दिनुभयो । यो वर्षपनि दुधमा प्रति लिटर १ रुपैयाँ अनुदानदिने कार्यक्रमलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । अनुदान दिने कार्यक्रमले साना, ठूला सबै किसानलाई यो कार्यक्रमवाट लाभान्वित बनाएको विश्वास व्यक्तगर्नुभयो । यो वर्षपनि पशुपालनगर्ने कृषकहरुलाई घाँसको बीउ प्रयाप्त मात्रमा पालिकाले उपल्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

    उत्पादनमा लागत घटाउँदै आर्थिक बृद्धिदर बढाउने तर्फ किसानहरुलाई लाग्न समेत उहाँले सुझाव दिनुभयो । दुधसँगै दुधजन्य अन्य परिकार उत्पादनमा सहकारीहरुले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नै उत्पादन गरेर ब्राण्डीङगर्न समेत नगर प्रमुख रेग्मीले सुझाव दिनुभयो । त्यसका लागि आवश्यक मेसिनदेखि अन्य सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो । पुरानै शैलीमा दुध मात्रै विक्री गरेर आर्थिक सम्बृद्धीको बाटोमा हिड्न कठिन भइरहेकाले यसलाई परिस्कृतगर्दै जान सुझाव दिनुभयो ।

    उत्पादन र संकलनसँगै गुणस्तरमा ध्यान दिन उहाँले आग्रहगर्नुभयो । कालिकाको दुध भन्ने वित्तिकै गुणस्तरीय छ भन्ने सन्देश दिनुपर्नेगरी कामगर्न सहकारीलाई निर्देशन दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले दुध उत्पादनसँगै यसलाई विविधिकरण गरेर बजारीकरणमा जोड दिन आग्रहगर्नुभयो । चिसो पेयपदार्थको विगविगी भइरहेका बेला कालिकामा उत्पादन भएको दुध, दही, मही खान पाउनेगरी बजारीकरणगर्न सुझाव दिनुभयो ।

    स्थानीय बजारमा बाहिरबाट आएका उत्पादनलाई निरुत्साहित बनाउन स्थानीय उत्पादनवाट बन्ने विभिन्न परिकार स्थानीय बजारवाटै खपत गराउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कालिकाको उत्पादनलाई यहाँका स्थानीय बजारका पसलपसलमा पुर्याउन सके आर्थिक बृद्धीदर सहजै हुने विश्वास व्यक्तगर्नुभयो । कार्यक्रममा कालिका वडा नं. ७ का वडा अध्यक्ष टिकाराम रेग्मीले पशुका लागि गुणस्तरीय आहारमा जोड दिन किसानहरुलाई सुझाव दिनुभयो ।

    पशुको आधारमा घाँसको विकासगर्न सके यसवाट लागत घटाउँदै आर्थिक बृद्धीदरका लागि स्थानीय उत्पादनलाई ब्राण्ड बनाएर अगाडी बढ्न सकिने सम्भावना रहेको उल्लेखगर्नुभयो । अनुदान वितरण कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले दुग्ध उत्पादनगर्ने सहकारीहरुले विचौलीयाको कामगर्दै आएको बताउनुभयो । किसानवाट काँचो दुध लिएर काँचै दुध विक्रीगर्नुबाहेक अन्य काम नगरेको उहाँले आरोप लगाउनुभयो । काँचो दुध बाहेक अरु प्रोडक्ट उत्पादनमा जोड दिन सके आर्थिक बृद्धिदर सुधारहुने उहाँले बताउनुभयो । निर्वाह मूखी पशुपालन भन्दापनि व्यवसायिकमुखी बनाउने तर्फ जुट्न किसानहरुलाई आग्रहगर्नुभयो ।

    सहकारीहरुको तर्फवाट उत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद ढुंगानाले दुध उत्पादनमा प्राप्त अनुदान रकमले कृषकहरुमा उत्साह थपिएको बताउनुभयो । पालिका स्थापनाभए देखिनै किसानलाई उत्प्रेरणा दिने खालका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । हरेक किसानको अभिभावक नगरपालिका भएकाले पालिकावाट प्राप्तहुने अनुदान लगायत अन्य सहयोगहरु सबैको पहुँच सम्म पुयाउँन उहाँले आग्रहगर्नुभयो । माग्ने आउनेलाई मात्रै दिने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा वितरण भए सबैको पहुँच सम्म पुग्ने उहाँको भनाई छ। त्यसका लागि पालिका आफै अनुगमनगर्नुपर्ने बताउनुभयो । प्रचार मूखी भन्दापनि परिणाममूखी जनप्रति हामीले चाहेका छौं ।

    उहाँले भन्नुभयो– सम्बृद्ध कालिका र सुखी कालिकाबासी भन्ने नाराका लागि योजना बनोस हामी सहयोगगर्न तयार छौं । कार्यक्रममा मनकानम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम कालिका नगरपालिका वडा नं. ६ का वडा सदस्य लक्ष्मी नारायण चौलागाई, सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष कल्पना आचार्यले आर्थिक अनुदान वितरण कार्यक्रमबारे बोल्नुभएको थियो । पशुसेवा शाखा प्रमुख डा. राजु प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम आर्थिक विकास समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको हो ।

    कुन सहकारीले कति अनुदान रकम पाए ?
    १. मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं.६ ले ८ लाख ५८ हजार ८२ रुपैयाँ । ( बार्षिक दुध उत्पादनः८५८०८२.५ लिटर)
    २. पदमपुर दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. २ ले ८ लाख १४ हजार ९० रुपैयाँ ( बार्षिक दुध उत्पादन ८१४००९० लिटर)
    ३. नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ६ ले ४ लाख ९६ हजार २ सय ७ रुपैयाँ (बार्षिक दुध उत्पादन ४९६२०७ लिटर)
    ४. उत्थान दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ८ ले ५ लाख ७२ हजार ३ सय ८८ रुपैयाँ ७५ पैसा ( बार्षिक दुध उत्पादन, ५७२३८८.७५ लिटर)
    ५. सामुदायिक दुग्ध उत्पादक सहकारी संस्था लि कालिका वडा नं. १ ले १ लाख ३६ हजार ३ सय ९६ रुपैयाँ, १४ पैसा ( वार्षिक दुध उत्पादन, १३६३९६.१४ लिटर)
    ६. कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका वडा नं. ६ ले १ लाख २३ हजार ८ सय ९४ रुपैयाँ ३० पैसा । (बार्षिक दुध उत्पादन १२३८९४.३० लिटर)
    ७. भटेनी दुग्ध उत्पादक सहकारी संसथा लि. कालिका वडा नं ६ ले १ लाख ३२ हजार ९ सय १५ रुपैयाँ । ( बार्षिक दुध उत्पादन १३२९१५ लिटर)
    जम्माः ३१ लाख ३३ हजार ९ सय ७३ रुपैयाँ ५९ पैसा मात्र । दुध उत्पादन बार्षिक ३१,३३,९७३.५९ लिटर)

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.