काठमाडौं । आज २०८१ साल असार २० गते बिहीबार सन् २०२४ जुलाई ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो ।
बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो बढ्दा कतारी रियालको विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।








