• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ । समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिनुभयो ।

    भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कानुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय ५० जना प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा छ हजार छ सय २५ परिवारका ३३ हजार एक सय ७५, माडी नगरपालिकाका चार हजार एक सय ६१ परिवारका १९ हजार सात सय ३०, रत्ननगर नगरपालिकाका दुई हजार तीन सय ८१ परिवारका ११ हजार नौ सय पाँचजना प्रभावित हुने अनुमान गरिएको सहायक प्रजिअ भुसालले बताउनुभयो ।

    इच्छाकामना गाउँपालिकामा मनसुनका कारण एक हजार दुई सय ५६ परिवारका छ हजार दुई सय ८०, कालिका नगरपालिकामा एक हजार पाँच परिवारका पाँच हजार २५ र खैरहनी नगरपालिकाका तीन सय परिवारका एक हजार पाँच सयजना प्रभावित हुने योजनामा जनाइएको छ । बाढीका कारण सबैभन्दा बढी भरतपुर महानगरपालिका प्रभावित हुने भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीबाट भरतपुर–१६, १७, १८, २७, २८ र २९ तथा माडी–१, २, ३, ६ र ७ प्रभावित हुने देखिएको छ ।

    पहिरोका कारण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, डुबानबाट माडी र राप्ती नगरपालिका, खडेरीबाट भरतपुर महानगरपालिका, राप्ती र माडी नगरपालिका, महामारीबाट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका एवं सुकुम्बासी बस्ती रहेको क्षेत्र, सहरी क्षेत्र र पहाडी क्षेत्र अतिप्रभावित हुने कार्ययोजनामा उल्लेख गरिएको छ । जिल्लामा रहेका ठूला नदी नारायणी, राप्ती, रिउसहितका अन्य खोलाबाट ती क्षेत्र प्रभावित हुने अनुमान गरिएको भुसालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “स्थानीय तहको सहकार्यमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरिएको छ ।” बाढी, डुबान, नदी कटानलगायत अन्य विपद्पश्चात् उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट गरिने प्रतिकार्य प्रभावकारी बनाउन, जोखिम कम गर्र्न यो योजना निर्माण गरिएको उहाँले बताउनुभयो । मनसुनबाट हुने क्षति कम गर्न आवश्यक तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

    उहाँका अनुसार आवश्यक जनशक्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयलाई तयारी अवस्थामा राखिएको छ । क्षति पुग्ने ठाउँको आँकलन गरी त्यसलाई सुरक्षित ठाउँको खोजी गरिएको, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तयारी अवस्थामा राखिएको जनाउँदै सहायक प्रजिअ भुसालले स्थानीय तहमा रहेको विपद् कोषलाई सक्रिय बनाइराख्न पनि आग्रह गरिएको बताउनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.