• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

कालिकाको शिक्षामा दिगो विकासका लागि नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदा तयार

  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाले शिक्षामा दिगो विकासका लागि नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदा तयार गरेको छ । नगरपालिका अन्तर्गत शिक्षा समितिले बनाएको योजना निर्माण कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको हो । २०८० साल चैत्र २७ गते नगर शिक्षा निर्देशकको संयोजकत्वमा ७ सदस्यीय योजना निर्माण कार्यदल गठन भएको थियो ।

    कार्यदल गठन भएको भण्डै चार महिनापछि प्रारम्भिक मस्यौदा तयार गरिएको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षा विद, शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुसँग सुझाव संकलन गरेर प्रारम्भिक मस्यौदा तयार गरिएको नगर शिक्षा निर्देशक गंगाधर रिमालले जानकारी दिनुभयो । कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदामाथी पहिलो पटक शुक्रवार छलफल भएको छ । नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम लगायतका प्रमुख व्यक्तिहरुको उपस्थितीमा छलफल भएको हो ।

    वृहत छलफल गरेर बैज्ञानिक निचोड निकालेर मात्रै मस्यौदालाई अन्तिम रुप दिने नगर प्रमुख रेग्मीले बताउनुभयो । दीर्घकालिन रुपमा शिक्षाको विकासमा मस्यौदाले कामगर्नेगरी यसलाई अन्तिम रुप दिइने उहाँले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख तमाङले पञ्चवर्षिय योजनाका लागि बनेको पहिलो मस्यौदा भएकाले शिक्षाको गुणस्तर सुधारका लागि बृहत छलफल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । प्रारिम्भक मस्यौदा भएकाले विज्ञ र विषयसँग सरोकार राख्ने समुह, व्यक्तिहरुसँग थप छलफल गरेर मात्रै अन्तिम रुप दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणीशर्मा गौतमले प्रारम्भिक मस्यौदालाई सम्पतिको रुपमा लिइने बताउनुभयो । प्रारम्भिक मस्यौदा तयारहुनु एउटा महत्वपूर्ण उपलव्धीको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । पञ्चवर्षिय योजनाका लागि बन्ने मस्यौदा पहिलो चरणमा हेर्दा राम्रो छ उहाँले भन्नुभयो – यसलाई सुरुवाती खाकाको रुपमा लिएका छौं ।

    सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षमा कार्यक्रम आयोजना गरिएको हो । कालिका नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदालाई कार्यपालिकाको बैठकमा समेत पेशगर्ने तयारी छ । कार्यपालिकाको बैठकले अध्ययन र छलफल गरेपछि कार्यपालिकाको बैठकले दिएको सुझावको आधारमा विषयबस्तु थपघट गरी आगामी नगर सभा मार्फत मस्यौदा पारितगर्ने योजना छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.