• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

काठमाडौँमा ‘के-पप वर्ल्ड फेस्टिभल’ सम्पन्न

  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ । सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय प्रारम्भिक चरणको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

    नेपालमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क ताय–योङले स्वागत मन्तव्यका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ स्वर्ण जयन्तीका अवसरमा के–पपका साथसाथै कोरियाली भाषा, संस्कृतिको माध्यमबाट कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध मजबुत हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरियाली संस्कृतिप्रति नेपाली जनतामाझमा एक अद्वितीय सद्भाव छ । यहाँ के–पप मात्र नभई भाषा, नाटक र परिकारका लागि पनि ठूलो लगाव छ ।

    कोरियाप्रतिको सद्भाव, कोरियाली भाषा, संस्कृतिप्रतिको सम्मानलाई मध्यनजर गर्दै थप सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि दूतावासले विभिन्न सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको छ ।” उहाँले कोरियाको छाङवोन सहरमा हुने अन्तिम प्रस्तिस्पर्धामा नेपाली समूह सहभागी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो । यसवर्ष प्रारम्भिक चरणको छनोट प्रक्रिया अनलाइनमार्फत गत जेठ २३ देखि यही असार ९ गतेसम्म आयोजना गरिएको थियो ।

    जहाँ ३० भन्दा बढी टिमले आफ्नो रोजाइको कोरियन पप सङ्गीतमा तयार गरिएको गायन तथा नृत्यको श्रव्यदृश्य पठाएर प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसमध्ये नृत्य समूह, एकल नृत्य, गायनसहित छनोट भएका बाह्र टोलीले आज भएको महोत्सवमा आफ्नो प्रस्तुति दिए । उनीहरुमध्ये समूह नृत्यतर्फ अरेलिया समूह, गायनतर्फ अञ्जली नेपाली र एकल नृत्यतर्फ सम्राट सुनुवार छनोट हुनुभयो । छनोट भएकाको प्रस्तुतिको श्रव्यदृश्यलाई अन्तिम मूल्याङ्कनका लागि कोरिया पठाइने छ ।

    उल्लेखित तीनमध्ये छनोट हुनेले कोरियामा हुने ‘के–पप वर्ल्ड फेस्टिभल’ आफ्नो प्रस्तुति दिँदै प्रतिस्पर्धा गर्न पाउनेछन् । पछिल्लो समय सन् २०१६ मा नेपालबाट मङ्गोलियन नाम्जा नामक नृत्य समूहले उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए । नेपाली युवाहरूमा कोरियन पपप्रति देखिएको आकर्षणलाई महत्व दिँदै दक्षिण कोरियाले नेपाली कलाकारलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउने अवसर प्रदान गर्दै आएको जनाइएको छ ।

    नेपाल र दक्षिण कोरियाबीच पछिल्लो समयमा जनस्तरको सम्पर्क बढ्दै जाँदा यस किसिमका सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण स्थान लिएको र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राजदूतावासले जनाएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.