चितवन । भरतपुर महानगरपालिका–२२ धनौजीचोकमा अटो आफै अनियन्त्रित भई पल्टिदा चालकसहित दुई जना घाइते भएका छन् । अटोको पछाडि सवार एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
आइतवार राति १०ः५० बजेको समयमा ना२ह ३१६६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टिदा अटो चालक भरतपुर–२२ धनौजी बस्ने ३० वर्षीय गोविन्द थापा मगर मध्यम र अटोमा सवार सोहि ठाउँ बस्ने २६ वर्षीय सुमन थापा मगर गम्भिर घाइते भएका हुन् ।
गम्भिर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अटो चालक भने आफ्नै घरमा रहेको प्रहरीले जनाएको छ ।








