भरतपुर । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना गम्भिर घाइते भएका छन् ।
सोमबार दिउँसो ३ः१५ बजेको समयमा पिपलचोकबाट त्रिचोकतर्फ आउँदै गरेको ना ५४ प ५८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–७ नारायणपुर चोक बस्ने अन्दाजी ३५ वर्षीय मनोज तामाङ र पछाडि सवार भरतपुर–७ कृष्णपुर बस्ने २१ वर्षीय पुजन गुरुङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालक तामाङको चितवन मेडिकल कलेज र पछाडि सवार गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।








