• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै

  •   मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनःनिर्माण गर्न अािर्थक वर्ष २०८१÷८२ मा रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघर पुनःनिर्माण गर्दैछौँ, जसका लागि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।” उहाँका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्न आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आइ लभ गढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

    यसैबीच गाउँपालिकाले उपर्दाङ्गगढीको तोप खोजी गरिरहेको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको तोप कहाँ छ, त्यसबारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।” सन् १९६० सम्म उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।

    यसैबीच गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले उपर्दाङ्गगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्नेगरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो । उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व झल्किनगरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

    सिराइचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाको विकास र विस्तारलाई जोड दिइने उहाँले बताउनुभयो । लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीयस्थलको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङ बताउनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.