• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुरको बजार क्षेत्रका सटर खाली हुँदै

  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको बजार क्षेत्रका सटरहरु खाली हुँदै जान थालेका व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसाय गरेर सटर भाडा तिर्ने पैसा नउठेपछि व्यवसायीहरु विस्थापित हुँदा सटर खाली भएका नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले जनाएको छ ।

    मञ्चको १३औँ स्थापना दिवसको सन्दर्भमा आज (बिहीबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष ख्यामनारायण पराजुलीले व्यवसायी पलायन हुने क्रम बढ्दै गएको बताउनुभयो । “दिनभरी बसेर सटर कुरेर बस्दासमेत व्यापार नै हुँदैन” उहाँले भन्नुभयो, “तीन चारवटा सटरमा व्यवसायी गरेर बसेकाले समेत सटर घटाउँदै लगेका छन् ।” भरतपुर क्षेत्रमा मात्रै नभएर चितवनभर नै व्यवसायीहरु पलयन हुँदै गएका र नयाँ व्यवसायीसमेत लगानी गर्न डराउने पराजुलीको भनाइ छ ।

    “व्यापार नभएर सटर भाडा तिर्नै कठिन हुने गरेको अवस्थामा कतिपय घरधनीले घरबहाल करसमेत व्यवसायीबाट उठाउँदा झन् समस्या परेको छ” उहाँले भन्नुभयो, “घरबहाल कर कुनै पनि बहानामा व्यवसायीसँग उठाउनु हुँदैन घरधनीले तिर्नुपर्ने कानुनी व्यवस्था छ ।”

    घरबहाल उपभोक्ता मञ्च बहालमा बस्नेको मात्रै नभइ घरधनीकोसमेत संस्था भएको उल्लेख गर्दै पराजुलीले पछिल्लो समय घरधनीलेसमेत समस्या लिएर आउने गरेका बताउनुभयो । पत्रकार सम्मेलनमा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेलले घरधनी र बहालमा बस्ने दुवैको समस्या आफूहरुले समाधान गर्दै आइरहेको बताउनुभयो ।

    मञ्चले यही असार २९ गते आफ्नो १३औँ स्थापना दिवस मनाउन लागेको अध्यक्ष जनकलाल कट्टेलले बताउनुभयो । विगतका वर्षहरुमा रक्तदान, सरसफाइ, शैक्षिक सामग्री वितरण, वृक्षरोपणलगायतको काम गर्दै स्थापना दिवस मनाएको स्मरण गर्दै उहाँले यस वर्ष मौलकालिका मन्दिर सरसफाइ र वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको बताउनुभयो । असार २९ गते मञ्चले एसइईमा उत्तीर्ण आफ्ना सदस्यका छोराछोरीलाई सम्मान तथा ज्येष्ठ नागरिकलाई भोजन गराएर स्थापना दिवस मनाउने कार्यक्रम रहेको कट्टेलको भनाइ छ ।
    पत्रकार सम्मेलन मार्फत मञ्चले विभिन्न पाँच बुँदे माग राखेको छ ।

    व्यवसायी पलायन हुने क्रम बढेपछि उनीहरुलाई व्यवसायमा टिकाउन घनधनीहरुले व्यवसायीलाई सटर भाडामा छुट दिनुपर्ने, घरधनीबाटै घरबहाल कर उठाउनुपर्ने, व्यवसायको कर चुक्ता गर्न जाँदा व्यवसायीसँग बहाल कर तिर्न दबाब दिन नहुने, बैंक तथा वित्तीय संस्थाहरुले पुराना करमा कर्जाको व्याजदरलाई एक अङ्कमा सीमित गर्न तथा व्यवसायीलाई मानसिक तनाब नदिन र भाखा नाघेका ऋणको समयावधी थप गर्न माग गरेका छन् । नेपाल घरबहार उपभोक्ता मञ्च चितवनसँग एक हजार तीन सय ६८ सदस्य आबद्ध रहेका उहाँको भनाइ छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.