• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

‘नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छ’

  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान रहेको बताउनुुभएको छ । आदिकवि आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले भानुका कृति सामाज कल्याणका लागि समर्पित, जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न रहेको उल्लेख गर्नुभयो ।

    प्रदेश प्रमुख भट्टले आदिकवि भानुभक्तले छरिएर रहेका नेपाली भाषालाई एकीकरण गरेकाले उहाँ सदैव स्मरणीय रहनुभएको बताउनुभयो । “नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान छ । उहाँका सृजनाबाट नेपाली भाषाको उन्नयन, प्रवद्र्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ”, उहाँले भन्नुभयो, “भानुभक्तले वाल्मीकि रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर धेरै जनसङ्ख्यामा पु¥याउन सबैभन्दा बढी योगदान गर्नुभएको छ ।

    साथै नेपाल र विश्वभरका नेपालीभाषी क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन महत्वपूर्ण सेतुको काम गरेकाले हामी उहाँलाई सधैँ सम्मान गरिरहन्छौँ ।” आजका दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउन र नेपाली भाषाप्रति सम्मान तथा गौरव बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुुभयो । “आजको दिन उहाँलाई विशेष रूपमा सम्झिरहेका छौँ ।

    यसले पक्कै पनि नयाँ पुस्तालाई भाषा, साहित्यमा रुचि बढाउन सघाउ पुग्नेछ । अब आदिकविसँग जोडिएका विभिन्न ठाउँलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने मेरो विश्वास छ । त्यसैले आफ्नो मातृभाषाको शक्ति एवम् महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता छ”, उहाँको भनाइ थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषाको विकासमा भानुभक्तको योगदान अतुलनीय भएको बताउनुुभयो ।

    पोखरामा चाँडै नै भानु स्मारक बन्ने विश्वास व्यक्त गर्नुुहुँदै उहाँले यस कार्यमा महानगरको सहयोग रहने बताउनुभयो । भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तले नेपाली भाषा र सहित्यको विकासमा गर्नुभएको योगदानको चर्चा गर्नुहुँदै पोखराको फूलबारीमा ठूलो प्रयासपछि भानुपार्क निर्माण गरिएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष सरुभक्तको सभापतित्व एवम् सचिव अम्बिकाप्रसाद भट्टराईले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा महानगरपालिका–११ का वडाध्यष प्रेमप्रसाद कर्माचार्य, स्थानीय समाजसेवी निर्मलप्रसाद कर्माचार्यलगायतले भानुको योगदानको प्रशंसा गर्नुभयो ।

    त्यस अवसरमा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय अध्यापन गराउनुभएकी पोखरा महानगरपालिका–२६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै प्रदेश प्रमुख भट्टले भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि व्यक्तिगत रूपमा नगद रु २० हजारको चेक प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान गर्नुुभएको थियो ।

    कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानु वाङ्मय प्रतिष्ठानका लागि व्यक्तिगत रुपमा रु एक लाख ११ हजार एक सय ११ अक्षयकोष सहयोग गर्नुुभएको थियो । भानु जयन्तीका अवसरमा पोखराको चिप्लेढुङ्गाबाट महेन्द्रपुल हुँदै भानु पार्क फूलबारीसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा तीनवटै सुरक्षा निकाय, साहित्यप्रेमीलगायतको उपस्थिति थियो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.