• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’

  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न २३ स्वास्थ्य सेवासँग सम्बन्धित संस्थालाई प्रेषण (रिफरल) अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिएको हो ।

    कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले भन्नुभयो, “विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई विभिन्न २३ सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवालाई चुुस्त बनाइएको छ । यसबाट कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।” उहाँका अनुसार पहिलो प्रेषण गर्ने अस्पतालमा वीर अस्पताल, नेपाल आँखा अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, मानसिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल केन्द्रीय रक्तसञ्चार सेवा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, राष्ट्रिय मिर्गाैला उपचार केन्द्र र आयुर्वेद चिकित्सालय रहेका छन् ।

    ती अस्पतालमा श्यया (बेड) खाली नभएमा अथवा थप विशिष्टकृत सेवा उपलब्ध नभएमा अस्पतालले दोस्रो चरणमा प्रेषण गर्नुपरेमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेसनल रेफरेन्स ल्याबोरेटरी, आनन्दवन अस्पताल, बिपी कोइराला लाइन्स आँखा उपचार केन्द्रलाई तोकिएको छ । ती अस्पतालबाट पनि प्रेषण गर्नुपरेमा अन्तिममा बिपी स्मृति अस्पताल, सुमेरु अस्पताल, स्पाइनल इन्ज्युरी रिहेविलिटेसन सेन्टर र अर्थाेपेडिक अस्पताललाई तय गरिएको छ ।

    यसैबीच केन्द्रीय कारागार अस्पतालले आफूसँग सम्झौता गरेका स्वास्थ्य संस्थाका प्रतिनिधिसँग कैदीबन्दीको उपचार सेवालाई अझ थप कसरी व्यवस्थित र चुस्त बनाउन सकिन्छ भनेर अन्तक्र्रिया गरेको छ । सो अवसरमा केन्द्रीय कारागार अस्पतालका प्रमुख बुढाथोकीले कैदीबन्दीको उपचारका क्रममा समस्या आएमा तत्काल जानकारी दिन आग्रह गर्दै आगामी दिनमा यस्ता उपचार सेवालाई थप सुदृढ बनाइने जानकारी दिनुभयो । सो अवसरमा सहभागीले कैदीबन्दीको उपचारका क्रममा आइपरेका विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । देशका ७२ जिल्लामा ७५ कारागार र दुई सय सुधारगृह रहेका छन् । यस्ता स्थानमा २९ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तासमेत रहनुभएका डा बुढाथोकीका अनुसार अधिकांश कैदीबन्दीमा रक्तचाप, मधुमेह, कोलस्टोर, मानसिक समस्या, हाडजोर्नी, नाक, कान घाँटीका समस्या रहेका छन् । कैदीबन्दीमध्ये १० जना क्यान्सर र नौजना मिर्गाैलाका बिरामी रहेका छन् । ती मिर्गाैलाका बिरामीले डायलासिल सेवा लिइरहेका छन् ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.