काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राती प्रदेश १ र बाग्मती प्रदेशका केहि भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








