• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

काठमाडौँ जिल्ला अदालत : मुद्दा फर्छ्योट दरमा सुधार

  •   बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  जिल्ला अदालत काठमाडौँले २०८०/८१ मा मुद्दा फर्छ्योट दरमा तुलनात्मक रुपमा सुधार गरेको छ । यस आर्थिक वर्षमा २३ हजार दुई सय ९१ (४६ दशमलव ७४ प्रतिशत) मुद्दा फर्छ्योट गरेको छ । आव २०७९/८० मा १५ हजार पाँच सय २८ (४२ दशमलव १८ प्रतिशत) मुद्दा फर्छ्योट गरेको थियो । आव २०८०/०८१ मा ४९ हजार आठ सय २७ मुुद्दा रहेकामा फर्छ्योट गर्न बाँकी २६ हजार पाँच सय ३६ मुद्दा रहेका छन् ।

    जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फर्छ्योटमा तीव्रता दिने उद्देश्यले काम गर्दागर्दै पनि मुद्दाको चाप बढी र न्यायाधीशको सङ्ख्यामा कमीका कारण नसकिएको भए पनि गत वर्षको तुलनामा सुधार भएको बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष बढी मुद्दा फछ्र्योट भएको छ, ४६ जनाको दरबन्दी भए पनि ३१ जना न्यायाधीशले मात्रै काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अदालतबाट समयमै न्याय पाइन्छ भनेर जनआस्था वृद्धि गर्न छिटो न्याय दिनका लागि प्रयन्तरत छौँ ।”

    सर्वोच्च अदालतको निर्णयअनुसार काठमाडौँ अदालतले पनि यही साउन १ गतेदेख स्वचालित प्रणाली (अटोमेसन) बाट पेशी व्यवस्थापन कार्य प्रारम्भ गरेको छ । उक्त अदालतले यस आर्थिक वर्षमा छ हजार पाँच सय ५८ मुद्दा फर्छ्योट गरेको छ । दुई वर्ष नाघेका मुद्दामा जिम्मेवारी सरेर आएका मुद्दामा तीन हजार १५ थियो भने यस आवमा एक हजार आठ सय ८६ रहेका छन् । फैसला कार्यान्वयनतर्फ दुई हजार छ सय सात (५० दशमलव २८ प्रतिशत) फर्छ्योट गरेको छ । कूल मुद्दा पाँच हजार एक सय ८५ मुद्दा रहेकामा दुई हजार पाँच सय ७८ मुद्दा बाँकी रहेको छ ।

    अदालतले दुई वर्ष पुराना मुद्दा मात्र रहने गरी छुट्टै अभियान फाँट स्थापना भई उक्त फाँटहरुका मुद्दाको छुट्टै तोकिएको इजलासबाट सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ । काठमाडौँमा अदालतमा गत वर्षदेखि पारिवारिक इजलासबाट सुनुवाइ प्रारम्भ गरिएको थियो । कूल मुद्दा एक हजार एक सय ७९ मुद्दा रहेकामा ५५४ (४६ दशमलव ९८ प्रतिशत) मुद्दा फर्छ्योट भएको छ । पारिवारिक विवादका छ सय २६ मुद्दा बाँकी रहेका छन् । न्यायाधीश पोखरेलले पारिवारिक विवाद छिटो टुङ्ग्याउन र पीडितलाई चाँडै न्याय दिन पारिवारिक इजलासको मुद्दालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उक्त अदालतमा रहेको बाल इजलासमा सात सय ६० (८१ दशमलव ९८ प्रतिशत) फर्छ्योट गरेको छ ।

    जम्मा मुद्दा नौ सय २७ मध्ये एक सय ६७ मुद्दा बाँकी रहेका छन् । काठमाडौँमा अदालतमा सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा जिल्ला अदालत काठमाडौँ यस आवमा सबैभन्दा बढी बैंकिङ कुसर सात हजार नौ सय ५७ मुद्दा दर्ता भएको छ । दोस्रोमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा चार हजार चार सय ६६ मुद्दा दर्ता भएका छन् । तेस्रोमा चेक अनादारसम्बन्धी मुद्दा तीन हजार आठ सय ७० रहेको छ । सबैभन्दा कम मुद्दा ज्यानसम्बन्धी कसुर एक सय ६९ रहेको छ ।

    सबै न्यायाधीशको कार्यविभाजन गरी प्रत्येक न्यायाधीशलाई एक एक वटा फाँट मिसिल निरीक्षणको अनुगमन गर्ने जिम्मेवारी बाँडफाँट गरिएको र पेशी व्यवस्थापन नीति पारितगरी तदनुरुप पेशी व्यवस्थापन गर्न फाँटहरुलाई निर्देशन दिइएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो । अदालतले न्यायाधीश बिदामा बस्दासमेत उपस्थित न्यायाधीशले एकभन्दा बढी फाँट हेर्नेगरी फाँट स्थगित नहुने व्यवस्था मिलाइएको छ ।

    अभियान फाँटहरुका मुद्दा पेस हुने इजलासमा सम्भव भएसम्म थुनछेकका लागि पेस हुने अभियोग पेस नहुनेगरी व्यवस्था गरिएको जसले गर्दा मुद्दा हेर्न नभ्याइनेमा पर्ने अवस्था न्यूनीकरण हुने अपेक्षा गरेको छ । अभियान फाँटमा रहेका मुद्दाको मिसिल निरीक्षणलाई नियमित बनाउन त्यस्ता फाँटमा कार्यरत सुपरिटेन्डेट/शाखा अधिकृत/इजलास अधिकृतबाट हरेक १५/१५ दिनमा मिसिल निरीक्षणको प्रगति प्रतिवेदन लिने व्यवस्थाको सुरुआत गरेको छ ।

    त्यस्तै, हरेक हप्ताको शुक्रबार निवेदनहरुको मात्र सुनुवाइ हुँदै आएकामा गएको भदौ महिनाको अन्तिम हप्तादेखि हरेक शुक्रबारसमेत अभियान फाँटका मुद्दाहरुको सुनुवाइ हुनेगरी व्यवस्था गरिएको छ । अदालतले अभिलेखालयको कामलाई समेत तीव्रता दिँदै अदालतले जरिवानातर्फ रु दुई अर्ब नगद सङ्कलन गरेको जनाएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.