काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल विहान र बेलुकाको समयमा विस्तारै चिसो बढ्दै गैरहेको छ, यद्यपी दिउँसोको समयमा तापक्रम घटेर चिसो बढ्ने स्थिति भने छैन । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








