• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो । सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा रु सात दशमलव ५० का दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो ।

    आर्थिक वर्ष २०८०/८१ मा ७५ हजार दुई सय दुई लिटर दूधमा रु पाँच लाख ६४ हजार १२ अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । “गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले २२ हजार १६ लिटर दूधमा रु दुई लाख ७३ हजार पाँच सय ३१, साना किसान कृषि सहकारी संस्थाले ३५ हजार तीन सय सात लिटर दूधमा रु दुई लाख ६५ हजार एक सय ६२ र शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीन सय ७६ लिटर दूधमा २५ हजार तीन सय १९ अनुदान लगेका छन”, उहाँले भन्नुभयो । गाउँपालिकाले आव २०७९/८० सम्म प्रतिलिटर रु पाँच अनुदान दिँदै आएकामा गत आवदेखि अनुदान रकम वृद्धि गरेको हो ।

    पालिकाले प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त रकम घटाएर प्रतिलिटर रु १० हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो । अनुदान रकम साना किसानसम्म पु¥याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार रकम उपलब्ध गराइएको गरिएको उहाँले बताउनुभयो ।

    “गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि यसलाई निरन्तरता दिँदै आएका छौँ ।” उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएका भन्दै दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या पनि वृद्धि भएको उहाँले बताउनुभयो । “हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुनेहुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।”

    आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर रु पाँचका दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । “सो वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सहकारीले २२ हजार १६ लिटर दूधमा रु एक लाख १० हजार ८० र साना किसान कृषि सहकारीले ३५ हजार तीन सय सात लिटर दूधमा रु एक लाख ७६ हजार पाँच सय ३९ अनुदान पाएका थिए”, उहाँले भन्नुभयो ।

    चालु आर्थिक वर्षमा पनि दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिृकत पराजुलीले बताउनुभयो । किसानका पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.