• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका नगरपालिकाको शक्तिखोर र सिद्धिबाट डेढ करोडको खसी-बोका बिक्री

  •   बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकाको शक्तिखोर र सिद्धिबाट दशैंका लागि डेढ करोड भन्दा बढीको खसी बोका बिक्री बाहिरिएको छ । साबिक शक्तिखोर र सिद्धि गाबिस (हाल कालिका नगरपालिका ८,९,१० र ११) बाट एक करोड ६१ लाख २५ हजार बराबरको खसी बोका बिक्री भएको हो । स्थानीय लगनशील सामाजिक उद्यमी महिला सहकारी र तीन दोभान सामाजिक उद्यमी सहकारी मार्फत् खसी बिक्री भएको थियो । कालिका ८ स्थित लगनशील सहकारीबाट ६ सय वटा खसी बिक्री भएको सहकारिकी व्यवस्थापक जुना लामाले बताइन् । खसिको तौल अनुसार न्युनतम ६५० देखि अधिकतम ७०० रुपैयाँ सम्ममा बिक्रि गरिएको छ । लगनशीलको कार्य क्षेत्र कालिका ८ र ९ हो । यी दुई वटा वडाबाट करिब ९० लाख बराबरको खसी बोका बिक्री भएको सहकारीकि व्यवस्थापक लामाले जानकारी दिइन् । यस क्षेत्रको खसी बिक्रीका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । बजार र व्यापारी खोजेर किसानको खसी बिक्री हुने गरेको छ । त्यसबापत सहकारीले प्रति किलो ५ रुपैयाँ लिने गरेको छ । सहकारीमा ६३८ जना सदस्य आवद्ध छन् । उनिहरु मध्ये ९० प्रतिशतले खसी पाल्दै आएका छन् । एउटा किसानले ४ देखि ८० वटा सम्म खसी बोका पालन गर्दै आएका छन् । यस बर्षको दशैंमा १ हजार वटा बिक्री गर्ने लक्ष्य लिएपनि ६०० वटा मात्र खसी बोका बिक्री भएको लगनशिल सहकारीकि व्यवस्थापक लामाले बताइन् । लकडाउनका दैनिक १५० वटा सम्म खसी बिक्री भएको थियो । गतवर्ष दशैंका बेला सो सहकारी मार्फत् १३ सय ३८ वटा खसी बिक्रि भएको थियो । सो सहकारीले घाँसको बीउ, प्राविधिक सहयोग, आर्थिक सहयोग, दाना चोकर बिक्री र रासायनिक मल बिक्री गर्दै आएको छ । त्यस्तै तीन दोभान सामाजिक उद्यमी सहकारी मार्फत् यस बर्षको दशैंका लागि ५०० वटा खसी बोका बिक्री भएको छ । २० किलो मुनिका ५५५ र २० किलो माथी ५८५ सम्ममा बिक्री गरिएको तीन दोभान सामाजिक उद्यमी सहकारीकि व्यवस्थापक सानू लामाले जानकारी दिइन् । लामाका अनुसार करिब ७१ लाख २५ हजार बराबरको खसी बोका बिक्री भएको हो । सो सहकारीको कार्य क्षेत्र कालिका १० र ११ हो । सो सहकारीले पनि बजार र व्यापारी खोजेर वापत प्रतिकिलो ५ रुपैयाँ लिने गरेको छ । गत वर्ष बढीमा ४८० रुपैयाँ प्रतिकिलो भएतापनि यस वर्ष भने राम्रो मुल्य पाएको सहकारीकि व्यवस्थापक लामाले बताइन् । कालिकाको शक्तिखोर र सिद्धिका स्थानीयको प्रमुख आयश्रोत खसी बोका पालन हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.