काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।








