सांकेतिक तस्विर
नवलपुर । नवलपरासीपूर्व हुप्सेकोटमा शिशु जन्माएर फाल्ने आमासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुप्सेकोट गाउँपालिका ४ स्थित शिक्षा बोधनी स्कुलटोलको चुवा खोल्सा जंगलमा नाभी नकाटेको सालनालसहितको शिशु कार्तिक ४ गते मृत अवस्थामा भेटिएको थियो । घटनामा संलग्न हुप्सेकोट गाउँपालिका ४ शंखदेव बस्ने ३९ वर्षकी पुनीसरा गाहा र हुप्सेकोट ४ कुटी बस्ने ४२ वर्षीय टकबहादुर घर्तीमगरलाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेका उनीहरलाई नवलपुर जिल्ला अदालतबाट कात्तिक १३ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थपेर प्रहरीले अनु्सन्धान जारी राखेको छ । पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहित २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धि कसुरअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।








