काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । बैठकका संसद अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ । सरकारले तत्काल संसद अधिवेशन नबोलाए काँग्रेसको अगुवाइमा अधिवेशनका लागि समावेदन गरिने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । दसैंअघि बसेको नेताहरुको अनौपचारिक बैठकले नै संसद अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेर संसदीय दललाई प्रक्रियाका लागि निर्देशन दिने तयारी गरेको थियो । असोज १२ गते पौडेल पक्षका २७ केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए । पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना नगरे थप संघर्षमा उत्रन बाध्य हुने उनीहरुले चेतावनी दिएका थिए । यसअघि असोज १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक केही केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएपछि स्थगित भएको थियो ।








