• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पिसिआर परीक्षण निःशुल्क

  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ । महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ । महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पिसिआर परीक्षण पनि महानगर आफँैले गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सरकारले गरिब, असहाय, कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गर्नेबाहेकको पिसिआर परीक्षण गर्न छोडेको छ । अन्यले आफ्नै खर्चमा पिसिआर गर्नुपर्ने हुन्छ । प्रमुख दाहालले भन्नुभयो, “हामीले आइसोलेशनमा बस्नेलाई आर्थिकरुपमा कुनै भार नहुने गरी परीक्षणसमेत निःशुल्क गर्ने भएका छौँ ।” महानगरको आइसोलेशन नेपालकै नमूना भएको भन्दै उहाँले प्राकृतिक चिकित्सा पद्धतिबाट सङ्क्रमितको उपचार भइरहेको जानकारी दिनुभयो । स्थानीय तहले पहिलो पटक कोरोना नियन्त्रणका लागि भरतपुर महानगरले कोरोना अस्पतालसमेत स्थापना गरी सरकारी अस्पताललाई हस्तान्तरण गरेको भन्दै उहाँले कोरोना नियन्त्रणमा महानगरवासीको कुनै गुनासो नहुने गरी काम गरिरहेको दाबी गर्नुभयो । बागेश्वरी आइसोलेशनमा हालसम्म ३०९ जना भर्ना भएका छन् । जसमध्ये २४२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ६६ जना उपचाररत छन् । त्यहाँका चिकित्सक, कर्मचारी, ठाउँको व्यवस्थापन, औषधि, दैनिक खानाको व्यवस्थालगायतका सबै खर्च महानगरले बेहोरेको प्रमुख दाहालको भनाइ छ । चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेशनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार गरिएको छ । जसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको छैन । उहाँले भन्नुभयो, “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छाँै”, यस विधिलाई जाइनो फेजी भनिन्छ ।” डा कोइरालाले यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिनुभयो । “खाना नखाएपछि शरिरका कोषलाई ऊर्जा पुग्दैन”, उहाँले भन्नुभयो, “ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।” आइसोलेशनमा रहेकालाई प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिएको उहाँको भनाइ छ । नियमित व्यायमसँगै खानपिनमा ध्यान दिइएको छ । मधुमेह भएकालाई अरुलाई भन्दा फरक खानाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । जसका कारण १० देखि १२ दिनमा सङ्क्रमितलाई निको पार्न सकिएको कोइरालाले जानकारी दिनुभयो । आइसोलेशनमा रहेकामध्ये १० प्रतिशत लक्षण भएका छन् भने अन्य लक्षण नभएका छन् । रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.