चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ३५ सहित ४४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ११ पुरुष र १५ महिला गरि २६ जना, रत्ननगरका २ पुरुष र १ महिला गरि ३ जना, खैरहनिका २ पुरुष ,राप्तीका १ पुरुष र २ महिला गरि ३ जना र इच्छाकामनाका१ महिला समेत गरि ३५ जना रहेका छन। यस्तै अन्य संक्रमित हुने हरुमा गोरखा ,धादिङ र नवलपरासीका ६ पुरुष र ३ महिला गरि ४९ जना रहेका छन। संक्रमितहरु ११ महिना देखि ७२ बर्ष सम्मका रहेकोका छन। भरतपुर अस्पताल र गैंडाकोट क्वारेन्टिनबाट संकलन गरिएका १४९ नमुनाको परिक्षण गर्दा १०५ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ४४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
चितवनमा ११ महिने शिशु सहित ४४ जनामा कोरोना पुष्टि
चितवनमा ११ महिने शिशु सहित ४४ जनामा कोरोना पुष्टि
- अ
- अ
- अ








