नवलपुर । मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कात्तिक १६ गते स्वाब संकलन गरिए भरतपुर अस्पताल चितवनमा परिक्षणको लागि पठाईएको थियो । नगरप्रमुख रानालाई सोमबार साझ कोरोना पुष्टि भएको हो । उहाँको अवस्था सामान्य रहेको नगरप्रमुख रानाले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो “ स्वास्थ्य अवस्था सामान्य छ । अहिले सम्म कुनै लक्ष्यण देखिएको छैन । म होम आइसोलेशनमा भए पनि कार्यलयबाट प्रवाह हुने सम्पूर्ण कार्य भैरहेको छ । ”








